नगर खेलकुद महोत्सव : फुटबलको उपाधि देबिगन्जको पोल्टामा

नगर खेलकुद महोत्सव : फुटबलको उपाधि देबिगन्जको पोल्टामा

पथरी, नगर महोत्सवमा आयोजित फुटबल खेलको उपाधि देविगन्ज फुटबल क्लवको पोल्टामा परेको छ ।

आज सम्पन्न फाइनल खेलमा निर्धारित समयमा खेल १-१ गोलको बराबरीमा रोकिएको थियो । बराबरी भएपछि टाईब्रेकरमा पुगेको खेलले अझै निर्णय गर्न सकेन र सडन डेथबाट विजेता चयन गरिएको हो । सडन डेथमा विजेता टिमका गोल रक्षकले बिपक्षी टिम प्रभात फुटबल क्लवको प्रहार बिफल बनाएपछि खेल निर्णायक बनेको हो ।

दोस्रो सेमिफाइनलमा सुनौलो कल्याण एफ.सी.लाई ५–० को विशाल अन्तरले पराजित गर्दै देविगञ्जले फाईनल यात्रा तय गरेको थियो ।

१० टिम सहभागी पुरुष फुटबलतर्फ विजेताले १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेका छन् । मोरङको पथरी शनिश्चरे नगरपालिका अन्तर्गत खेलकुद विकास समितिले आयोजना गरेको दोस्रो नगर खेलकुद महोत्सवका सबै कार्यक्रमहरु आजबाट सकिएका छन् ।

सम्बन्धित खवर