काठमाण्डौँ, आफ्नो निजी लगानी मार्फत् बुढेसकाल लागेकाहरूको हेरचाहमा छन् राजेन्द्र सिंह नेगी । पाँचवर्ष अघि काठमाण्डौँको सुकेधारामा ऐजिङ्ग लाईफ केयर होम प्रा.लि. दर्ता गरेर बृद्धहरूको हेरचाहमा जुटेका नेगीले अहिले तीन दर्जन बढि मानिसलाई निःशूल्क सेवा दिएरहेका छन् ।
परिवारमा सबै रोजगारका लागि हिडेपछि घरमा एक्लै बस्नुपर्ने बाध्यतामा रहेकाहरू यहाँ सेवा लिन पुग्ने गरेका छन् । यहाँ विभिन्न रोगहरू अल्जाईमर, डिमेन्सिया, प्यारालाईसिस भएका र सामान्य अवस्था तर सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू रहेको एजिङ्ख लाईफ केयर होमका निर्देशक राजेन्द्र सिह नेगी बताउँछन् । केयर होममा उच्च रक्तचाप, मधुमेहको औषधि खाइरहेका, सहयोगीको आवश्यकता भएका ज्येष्ठ नागरिकहरू राखीने नेगी बताउँछन् । वृद्धवृद्धा उमेरमा हरदम सहयोगी आवश्यक पर्छ । बोल्ने अथवा गफ गरिदिने मान्छे हुनपर्छ । युवा अवस्थामा जस्तो साथीहरूसँग घुम्न जाने अथवा फोनमा कुरा गर्ने पनि हुँदैन त्यसैले यस्तो केयर सेन्टरले ठुलो राहत दिने गर्दछ । ज्येष्ठ नागरिकको शरीर एकदमै नाजुक हुन्छ । एकदम ख्याल गर्नुपर्ने हुन्छ । अलिकति खुट्टा चिप्ल्यो भने भाँचिन सक्छ सञ्चालक एव निेर्देशक राजेन्द्र नेगी भन्छन् उमेर बढ्दै जादाँ विभिन्न प्रकारका रोगहरुले च्याप्दै जाने, एक्लै बस्न प्रर्ने लगायत विभिन्न औषधिको साईड असरले गर्दा र उमेर बढ्दै गएपछि असुरक्षित महसुस हुने, विभिन्न प्रकारका तनाव, र उदासिनताको कारणले गर्दा डिप्रेसन हुनजान्छ ।
एजिङ लाइफ केयर होममा बिरामीहरूको लागि दैनिक हेरचाह, विशेष डाइट प्लान, निःशुल्क फिजिकल थेरापी, साइकोलोजिकल काउन्सिलिङ लगायतका सेवा उपलब्ध छन् । बिरामीहरूको शारीरिक स्वास्थ्य सुदृढीकरणसँगै मानसिक स्वास्थ्य सुधारमा पनि यथेष्ट ध्यान दिने गरेको छ । केयर होम सेवा प्रणाली वैज्ञानिक, व्यवस्थित र दयापूर्ण छ। बिरामीहरूलाई घरजस्तै वातावरणमा राखेर हेरचाह गरिन्छ, जसले उनीहरूलाई नयाँ आशा र जीवनीय ऊर्जा दिन्छ । विशेष गरी, बिपन्न र अति पीडित परिवारहरूका बिरामीहरूका लागि निःशुल्क खानपिन र सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ, जुन आधुनिक समयको एउटा दुर्लभ उदाहरण हो । एजिङ लाइफ केयर होमले आफ्नो सेवा सञ्चालनका लागि हालसम्म कुनै बाह्य सहयोग वा दान स्वीकार गरेको छैन ।
कम्युनिटी हेल्थको क्षेत्रमा काम गर्न शुरु गरेका राजेन्द्रले बुढाबुढीहरुलाई भजन किर्तन गराउने तथा मेन्टल हेल्थ सम्बन्धी काम गर्न थाले यसबाटै प्रभाबित भएर राजेन्द्रले २०७६ साल मंसिरमा उनले आफु जस्तै ४ जना मिलेर ऐजिङ्ग लाईफ केयर होम सञ्चालमा ल्याए । बिभिन्न संघ संस्थाबाट केयर होम सम्बन्धी तालिम हासिल गरेरका राजेन्द्रले भारतको बैङ्गलोरमा समेत एक बर्षको तालिम लिएका छन् ।