दोश्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत फुटबलको दोस्रो सेमिफाइनलमा देविगञ्ज फाइनलमा प्रवेश

दोश्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत फुटबलको दोस्रो सेमिफाइनलमा देविगञ्ज फाइनलमा प्रवेश

पथरी, दोश्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा देविगञ्ज फुटबल क्लव एकतर्फी जित निकाल्दै फाइनलमा प्रवेश गरेको छ।

शनिबार भएको अन्तिम सेमिफाइनलमा देविगञ्जले सुनौलो कल्याण एफसि विरुद्ध ५–० गोल अन्तरको जित निकालेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा देविगञ्जले आक्रमक खेल प्रस्तुत गर्‍यो।

देविगञ्जका मिक्सन दासले ह्याट्रिक पूरा गर्दै ४७ औं, ५३ औं र ६८ औं मिनेटमा गोल गरे। त्यसपछि सन्तोष न्यौपानेले ६६ औं मिनेटमा र छसाङ गुरुङले इन्जुरी समयमा गोल थपे।

देविगन्जका मिक्सन दास आजको म्यान अफ दि म्याच घोषित भए।
मंगलबार हुने फाइनलमा प्रभात सामुदायिक क्लब र देविगञ्ज भिडने छन् । फाइनल बिजेताले रु १ लाख सहित ट्रफी जित्ने छ ।

पथरी शनिश्चरे नगर खेलकुद विकाश समितिले आयोजना गरेको महोत्सब मंगलबार सकिने छ।

सम्बन्धित खवर