सडन डेथमा बिजयी बन्दै सुनौलो कल्याण अघिल्लो चरणमा

सडन डेथमा बिजयी बन्दै सुनौलो कल्याण अघिल्लो चरणमा

पथरी, सडन डेथमा बिजयी बन्दै सुनौलो युवा क्लव पथरीशनिश्चरे खेलकुद महोत्सव फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

आइतबार सम्पन्न प्रतियोगीताको दोश्रो खेलमा बिशाल युथ क्लवलाई सडन डेथमा पराजित गरेको हो । निर्धारित खेल २–२ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाईब्रेकरमा पनि बराबरी भएपछि खेलको छिनोफानो सडन डेथले गरेको थियो ।

दुई पटकको अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै विशाल युथ क्लव बाहिरिएको छ । खेलको १४ औं मिनेटमा आयुष माझीको गोलबाट विशालले अग्रता बनाएको थियो । ३६ औं मिनेटमा सञ्जय लिम्बूले गोल गर्दै सुनौलो कल्याणलाई बराबरीमा ल्याए ।

५१ औं मिनेटमा आयुषले व्याक्तिगत गोल गर्दै विशालको आग्रता दोब्बर बनाए तर अतिरिक्त समयको पहिलो मिनेटमा नै सुनौलोका म्याग्नेट लिम्बुले गोल गर्दै सुनौलोलाई खेलमा फर्काए । त्यस पछिको टाईब्रेकरमा समेत बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट निर्धारण भयो ।

दुई गोल गरेका विशालका आयुष माझी खेलको म्यान अफ दि म्याच घोषित भए । सोमबारको खेल यलम्वर एफ सि र प्रभात सामुदायिक फुटबल क्लव बिच हुने छ ।

सम्बन्धित खवर