सेल्फी क्रिकेट टिमको जित, बक्राहालाई ४६ रनले हरायो

सेल्फी क्रिकेट टिमको जित, बक्राहालाई ४६ रनले हरायो

पथरी, दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत आइतबार सम्पन्न पहिलो खेलमा सेल्फी क्रिकेट टिमले बक्राहा टिमलाई ४६ रनले पराजित गर्दै जित हात पारेको छ।

पहिले ब्याटिङ गरेको टिम सेल्फीले २० ओभरमा ६ विकेट गुमाएर १९६ रनको विशाल योगफल खडा गर्‍यो। योगेश श्रेष्ठले ५९ रनको उत्कृष्ट इनिङ्स खेले भने सोलोमन राईले अर्धशतक ५४ रन बनाउँदै टोलीलाई बलियो स्थिति दिलाए। अर्जुन बस्नेतले १५ रनको योगदान गरे।

बलिङतर्फ बक्राहाका समित राईले सर्वाधिक ३ विकेट लिए भने डिबि कार्की, अनुज खतिवडा र अनिस लुइटेलले समान १र१ विकेट लिए।

जवाफमा उत्रिएको टिम बक्राहाले २० ओभरमा ९ विकेटको क्षतिमा १५० रन मात्र बनाउन सक्यो। समित राईले आक्रमक ५१ रन बनाए पनि टोलीलाई जितसम्म पुर्‍याउन सकेनन्। सचिन उप्रेतीले १८ र डेबिड घिमिरेले १२ रन जोडे।

सेल्फी टिमका बलर सौगात कोइरालाले शानदार प्रदर्शन गर्दै ५ विकेट लिए। अस्बिन महतले २ तथा बुद्ध आले मगरले १ विकेट लिए।

सम्बन्धित खवर