कपिलवस्तु, शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ।
बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनी माथी गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन तर घरको कम्पाउन्ड बारिहबाट हानेको गोली आफूले छलेकाले गोली लाग्न नपाएको अध्यक्ष चौधरीले बताए ।
साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन ।