रतुवामाई, रतुवामाई नगरपालिकामा रहेको झुर्कियाको नगर अस्पताल नाम दिइएको स्वास्थ्य संस्थामा आलिसान भवन छ तर स्वास्थ्य सुविधा भने नभएको पाइएको छ ।
सो अस्पतालले हालसम्म स्वास्थ्य चौकीसरहको सेवा मात्रै दिइरहेको स्थानीयले बताउने गरेका छन् । नगर अस्पतालको नाम राखिए पनि यहाँ अल्ट्रासाउन्ड अर्थात् भिडियो एक्सरे सेवा दिने वरिष्ठ रेडियोलोजिस्ट छैनन्, न त अन्य कुनै विशेषज्ञ चिकित्सक नै छन् । एक बिरामीका आफन्तले भने प्रयोगशालातर्फ हेर्ने हो भने ल्याब एसिस्टेन्ट र टेक्निसियनले चलाइरहेका छन्। रिपोर्ट पनि सामान्य टेस्टहरूको मात्र हुने गरेको छ। न त थाइराइडको टेस्ट हुन्छन् न त किड्नीको टेस्ट।भएकै भवनलाई उपयोग गर्न सकेको छैन तर करोडौं लगानी भने नयाँ भवनमा खर्चिएका छन्।
अस्पतालमा अहिले सामान्य उपचार सेवामात्रै प्रदान गरिएको छ, त्यो पनि केवल दुई जना मेडिकल अफिसरको भरमा सञ्चालन भइरहेको छ । यता, भवन निर्माणका नाममा भने करोडौंको बजेट खर्च भइरहेको देखेपछि स्थानीयले प्रश्न उठाउन थालेका छन् ।