पथरी
बागचाल खेल कस्तो हुन्छ,कसरी खेलिन्छ भन्ने एकादेशका कथा जस्तै भइसक्यो,डन्डी वियो कसरी खेलिन्छ र यस खेलका नियम के के हुन भन्ने कुरा नि अहिलेका पुस्ताका धेरैले जानेकै छैनन् । यीनै रैथाने खेल मध्येको डन्डिवियो नेपालको राष्ट्रिय खेल थियो भन्ने कुरा सामान्य ज्ञानमा मात्रै सिमीत भयो । डन्डी वियो अहिले नयाँ पुस्ता माझ हराईसक्यो । बावुवाजेले खेलेको भालेजुधाइ देखी लठ्ठा तान्ने खेल लोपउन्मुख हुन थालेपछि यसको संरक्षणमा मोरङ्गको पथरीशनिश्चरे ३ नम्बर वडा लागेको छ ।
नयाँ वर्षको अवसर पारेर वडा नम्वर ३ ले एक दिने खेलकुद महोत्सव आयोजना गर्न लागेको छ । सो खेलकुद महोत्सवमा रैथाने खेललाई प्रतिष्पर्धाका रुपमा समेटन लागेको हो ।
रैथाने खेलको संरक्षणमा लागेको ३ नम्वर वडाले खेलको साझेदार भने स्थानिय सिरीजंघा स्पोटिङ्ग क्लब फुटबलको माध्यमवाट कोशी प्रदेशमै चर्चित क्लब हो । सधै फुटवल प्रतियोगीता आयोजना गर्ने र प्रदेशका विभिन्न स्थानमा फुटवल प्रतिष्पर्धा गर्न पुग्ने क्लवले यस पटक वडा संग साझेदार बनेर खेल महोत्सव गर्न लागेको छ । क्लवका अध्यक्ष मौशम लिम्बुका अनुसार वडाले दिने बजेटले मात्रै खेलकुद महोत्सव गर्न सम्भव नभएकाले अन्य सहयोगी दाता समेत खोजिएको छ ।
येले मेला लाग्ने मैदानमा खेलकुद महोत्सव सन्चालन हुने भएको छ । चैत्र ३१ गते एक दिन सो महोत्सव आयोजना हुने छ । महोत्सवमा फुटबल,कराते,भाले जुधाई,बाघचाल,डन्डिवियो,लठ्ठातान,म्युजिकल चियर प्रतियोगीताका रुपमा सन्चालन हुने भएको छ ।
यस्ता खेलकुद प्रतियोगीताले रैथाने खेल प्रति नयाँ पुस्ताको अभिरुची वड्ने र ति खेलको संरक्षण हुने वडा अध्यक्ष विजय लिम्बुको भनाई रहेको छ । नयाँ पुस्तामा डिजिटल खेलको कारण विभिन्न शारिरीक समस्या देखिएकाले पनि वडाले रैथाने खेलको लागी विशेश पहल थालेको लिम्वुले जानकारी दिए ।
समग्र वडाको खेल प्रर्वद्धनमा खेलकुद महोत्सव गरिएको भए पनि क्रिकेट लगायत केहि खेल छुटेको प्रति सो खेलका सरोकारवालाले दुख व्याक्त गरेका छन् । क्रिकेट खेललाई वडाले महोत्सव सहभागीता नगराउनु क्रिकेट खेलाडीको भावना नबुझेको सरोकारवाले वताए ।
क्रिकेट खेलका लागी मैदान र प्राविधिक समस्या भएरै सो खेललाई महोत्सव नराखिएको सिरीजंघा क्लवका अध्धक्ष लिम्बुले जानकारी दिए । एक दिनमा सवै खेल सक्नु पर्ने वाध्यताले पनि क्रिकेटलाई सहभागी गराउन सकिएन् ।
रैथाने खेललाई प्राथमिकता दिएर खेलकुद महोत्सव आयोजना हुनु सुखद भएको वडाका खेल सरोकारवालाले बताएका छन् । स्थानिय युवा हेमन्त ओझाले सामाजिक सञ्जालमा लेखेका छन् ‘ केहि खेल छुटे पनि खेलकुद महोत्सव आयोजनाले वडाको खेलकुद चलायमान वन्नु हो युवा पुस्ताको प्रतिनिधित्वका लागी पनि आउने वर्षमा यस्ता खेलकुद महोत्सव अयोजना गर्न सकियोस’।
नयाँ अवधारण वनाएर वडा नम्वर ३ले सुरु गरेको खेलकुद महोत्सवले रैथाने खेल संरक्षणमा कोशेढुङा थप्ने विश्वास खेलप्रेमिले गरेका छन् ।
