पिएम सि अटो ट्रेडर्श पथरी मोरङको आयोजनामा सम्पन्न यमाहा ray zr स्कुटर माईलेज च्यालेन्ज प्रतियोगितामा सुनिता पौडेल चौधरी विजेता बन्न सफल भएकी छिन्। उनले ७८.७५ किमी प्रति लिटर माईलेज निकाल्दै उत्कृष्ट प्रदर्शन गरिन्।
यस रोमाञ्चक प्रतियोगितामा सान्ता तामाङ ७७.२७ किमी प्रति लिटर माईलेजसहित प्रथम रनरअप घोषित भइन् भने अर्जुन सेन्चुरीले ७६.६६ किमी प्रति लिटर माईलेज निकाल्दै द्वितीय रनरअपको स्थान सुरक्षित गरे।
प्रतियोगितामा सहभागी सबै प्रतियोगीहरूले Yamaha Ray ZR Hybrid 125 FI स्कुटरको उन्नत प्रविधि र इन्धन क्षमता परीक्षण गरेका थिए। आयोजक पिएम सि अटो ट्रेडर्श मोरङका अनुसार प्रतियोगिताले वातावरणमैत्री र इन्धन बचत गर्ने प्रविधिप्रति उपभोक्ताहरूलाई सचेत गराउने उद्देश्य राखेको थियो।
यमाहा स्कुटरको FI Hybrid Technology ले उत्कृष्ट माइलेज प्रदान गर्ने देखिएपछि प्रतियोगिताका सहभागीहरू समेत उत्साहित बने। आगामी दिनमा समेत यस्ता प्रतियोगिताहरू आयोजना गर्ने योजनामा आयोजक रहेको जानकारी दिइएको छ।