स्काउट दलको दिक्षान्त समाराेह जारी

स्काउट दलको दिक्षान्त समाराेह जारी
पथरी शनिश्चरे, फागुन २४
पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा स्थापित पञ्चायत मावि र सुनाखरी माविको संयुक्त स्काउट दलको दिक्षान्त समाराेह जारी छ । हिजाे दिक्षान्त तथा क्याम्पको उद्घाटन पथरीशनिश्चरे नगर उप प्रमुख देविमाया काफ्लेले गर्नुभएको थियाे । साे समाराेह आज समापन हुने स्काउट शिक्षक विवेक न्याैपानेले बताउनुभयाे ।
हिजाे पञ्चायत माविको प्राङ्गणमा आयोजित सो कार्यक्रमको उद्घाटन नगर उप–प्रमुख तथा पथरी शनिश्चरे नगरपालिका स्काउट प्रमुख काफ्लेले झण्डोत्तोलन गरी गर्नुभएको हो ।
पञ्चायत माविका प्रधानाध्यापक तथा पञ्चायत स्काउट प्रमुख अर्जुन कुमार बुढाथोकीको अध्यक्षतामा सो कार्यक्रम भएको हो । कार्यक्रममा वडा नं. १ का अध्यक्ष भीम राई, हिरक आविका प्रधानाध्यापक कविता तिम्सिना, नगरका शिक्षा शाखा प्रमुख नविन खुलाल, कोशी प्रदेश स्काउटका सन्तोष घिमिरे, नेपाल शिक्षक संघका भरत बहादुर खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नैतिक,सामाजिक व्यवहार देखि अन्य थुप्रै सिप दिने भएकाले वर्तमान समयमा हरेक विद्यालयमा स्काउट अनिवार्य हुनुपर्ने वक्ताहरूकाे भनाइ थियो ।
यसैगरी कार्यक्रममा वडा नं. ८ का अध्यक्ष एवं नगर प्रवक्ता नविन कार्की, वडा नं. २ का अध्यक्ष नैना राई, वडा नं. ७ का अध्यक्ष उद्धवराज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
यस्तै हिजाे साँझ सो क्याम्पमा क्याम्प फायर तथा मनोरञ्जनका विभिन्न कार्यक्रमहरू भएका छन् । आज अन्य साहसिक खेल सहित हुने विहान ९ः३० बजे दिक्षान्त समारोह गरिने पथरी शनिश्चरे स्काउट प्रमुख रोशन बुढाथोकीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर