जब वडाअध्यक्ष जेसिबी लिएर अतिक्रमित भुमी संरक्षणमा पुगे

जब वडाअध्यक्ष जेसिबी लिएर अतिक्रमित भुमी संरक्षणमा पुगे

पथरी
सोमबार विहान पथरीशनिश्चरे वडा नम्वर २ का वडा अध्यक्ष नैना राई नगर प्रहरी र स्थानिय खेलप्रेमी सहित जेसिवी लिएर वडाको पुर्वी भेगमा पर्ने कालापानी पुगे । उनी कुनै वाटो मर्मत गर्न जेसिवी लिएर पुगेका थिएनन् । वर्षै अघि स्थानिय खेलाडीले प्रयोग गर्दै आएको खेल मैदान अतिक्रमण भएको र सो खेलमैदानलाई साविककै अवस्थामा फर्काउन राई त्यहाँ पुगेका थिए ।

वडाको कालापानी नयाँ सुन्झोडा क्षेत्रमा २०४५ साल अघि भएको सार्वजनिक जग्गामा खेल मैदान थियो । स्थानियवासीले खेलमैदान अतिक्रमण गर्दै खेती गर्न थालेपछि खेलमैदानको अस्तित्व संकटमा परेको थियो ।
प्रजातन्त्र पुनस्थापित पछि त खेलमैदान चरन क्षेत्र र खेतीवाली गर्ने खेतमा परिणत भएको थियो । सो खेलमैदान हराएको र त्यहा खेलमैदान वन्नु पर्ने दृढ अठोट बोकेका वडाअध्यक्ष ाईले सोमबार विहान भने ‘ब्रेकथ्रु’ नै गरे । ‘जग्गा ऐलेनी भएकोले सो खाली गर्न केहि बल त प्रयोग गर्न नै प¥यो’ बडाअध्यक्ष राईले भने ‘यो कार्यले यहाका खेलाडीमा केहि राहात भने भएको छ’ । यो मैदानको खोजी कार्य भने तत्कालै भएको हैन् । वडा अध्यक्ष राईले यो कार्यकालागी करिव १वर्ष अध्यायन गरिएको र जग्गा सार्वजनिक भएको प्रमाणित भएपछि जेसिवी लिएर पुगेका हुन ।
अतिक्रमित भागलाई अस्थाइ बारबेर गरिएको छ भने सो भागको क्षेत्र जेसिवीले सम्याउने काम समेत सुरु गरिएको छ । स्थानिय खेलाडीले समेत अतिक्रमणमा परेको १० कट्ठा जग्गा वडाको स्वमित्वमा आउनु खुसी भएको वताए । फुटवल खेलाडी सन्तोस न्यौपानेले कम्तीमा स्थानिय खेलाडीले सो ठाउमा मैदान प्रयोग गर्न पाउनु खुसीको कुरा भएको बताए ।

हिजो खेती गरेर कसैले व्याक्तिगत फाइदा लिएको सार्वजनिक जग्गामा केहि महिना भित्रमा क्रिकेट मैदान वनाउने योजना वडाअध्यक्ष राईको रहेको छ । क्रिकेट मैदानको अभाव झेलिरहेका पथरीशनिश्चरे नगरका क्रिकेट खेलाडीलाई मिनी साइजमै भएपनि क्रिकेट खेल मैदान बन्नु सुखद पक्ष हो । नगरमा फुटवलका विभिन्न मैदान भएपनि क्रिकेटका लागी मैदान अभाव रहदै आएको छ ।

पथरीशनिश्चरे नगरमा आयोजना हुने क्रिकेट प्रतियोगीता फुटबल मैदानमै आयोजना हुदै आएका छन् । पथरीशनिश्चरेमा चार संस्करणमा पथरीशनिश्चरे प्रिमियर लिग, दुई संस्करणमा सिएम कन्दङ्गवा कप र सात संस्करणमा विरेन्द्रनगर च्यालेन्ज कप प्रतियोगीता संन्चालन भएका छ । यी सवै प्रतियोगीता मैदान अभावमै रोकिएका छ । कति पय वडामा त क्रिकेट प्रशिक्षण गर्ने प्रशिक्षण स्थलको अभावमा खेलाडीले सास्ती भोगीरहेका छन् ।
तत्काल लम्वाई ७सय मिटर र चौडाइ १२० मिटर रहने सो खेल मैदानका लागी पुर्वाधार विकास र अन्य प्राविधीक कार्य पछि थप व्यावस्थीत बनाइन लागेको हो ।
शंकर बुडाथोकी संयोजक रहने गरि मैदान संरक्षण समिती समेत गठन गरिएको छ । पुरानो खेल मैदान फेरी खेल मैदानकै रुपमा फर्काउन वडाअध्यक्षले गरेको पहल सहारनिय भएको स्थानियवासीले प्रतिक्रिया दिएका छन् ।

सम्बन्धित खवर