पथरी
मोरङ्गको पथरीशनिश्चरे ८का जनप्रतिनिधीले वडा भित्र भएका मृत्युकार्यमा आबश्यक पर्ने सामाग्री निशुल्क उपलव्ध गराउदै आएको छ ।
वडा भित्रका कुनै घरमा मृत्यु संस्कार गर्दै गरेका घरमा आवश्यक पर्ने ह्यालोजिङ बत्ती र किरियापुत्रीले खाने खाना बनाउनको लागि ग्यास सिलिण्डर समेत दिने व्यावस्था गरेको छ । आपत विपतमा वडा भन्ने नारा बनाएर वडा अध्यक्ष नविन जंग कार्कीले देशमै पहिलो पटक वडा कार्यालयले यस्तो कार्यक्रम ल्याएको वताए ।
वडा कार्यालयबा मृत्यु क्रिया भएका घरमा परम्परा हेरी ग्यास र बत्ती निशुल्क दिने भएको छ । क्रिया सकिएपछि ति सामाग्री वडा कार्यालयमा फिर्ता ल्याउनु पर्ने नियम वनाइएको छ भने कुर्सी भने वडाका विभिन्न क्लवका कार्यालयमा राखिने वडा अध्यक्ष कार्कीले जानकारी दिए । त्यसो त वडा भित्रका कसैको मृत्यु भएर घरबाट घाटसम्म लास लैजान नगरपालिकाको शबबाहनले नभ्याएको बेलामा वडा ले नै निशुल्क अर्काे गाडीको बन्दोबस्त गरिदिदै आएको छ । वडा भित्रका अक्सिजन लगाउनुपर्ने वडावासीलाई निशुल्क अक्सिजन सिलिन्डर उपलब्ध गराउदै आएको छ ।
वडाले अति बिपन्न परिवारलाई काजकिरिया खर्च, बिपन्न परिवारमा सुत्केरी भएमा पोषण सामाग्री वितरण र सुत्ने खाट नभएका परिवारलाई सुत्ने खाटको समेत बन्दोबस्त गरिरहेको छ । वडा भित्रका कसैलाई संर्पदंशको उपचार समेत निशुल्क गर्दै आएको छ । वडा अध्यक्ष कार्कीले ल्याएको योजना र कार्यक्रमले वडा वासी समेतले खुसी भएको प्रतिक्रिया दिएका छन् । वडाको सोमवारेमा एग्रोभेट संन्चालन गर्दै आएका पुष्प पौडेलका अनुसार वडाले गरेका काममा वडा वासी सन्तृष्ट रहेका छन् ।
वडा वासीका काममा सहजता मात्रै होइन ससना योजनाले समेत स्थानिय सरकारको लोकप्रियता वडने पौडेलको धारणा छ ।