पथरी, तस्विरमा कुचि समातेर क्यानभासमा रङ्ग भरिरहेका व्याक्ति हुन् दिपक चौधरी । चौधरीले यतिबेला आफ्नो क्यानभासमा एउटा चित्रलाई उतार्न रङ्ग भरिरहेका छन् । उनको यो चित्र ललितकला क्याम्पसले आयोजना गर्ने राष्ट्रिय चित्रकला प्रतिस्पर्धामा जानेछ ।
पथरीशनिश्चरे १ मोरङमा रहेको पञ्चायत माविको कक्षा ११ मा ललितकला (चित्रकला) अध्ययन गरिरहेका चौधरीले कुचि समातेर बसेको ३ दिन भयो तर चित्रलाई पूर्णता दिन अझै ६ दिन लाग्ने उनि बताउछन् ।