पञ्चायत माविको बाल कक्षामा अध्ययरत बालबालिकालाई न्यानो कपडा वितरण

पञ्चायत माविको बाल कक्षामा अध्ययरत बालबालिकालाई न्यानो कपडा वितरण

पथरी शनिश्चरे
मोरङको पथरीशनिश्चरे १ नं. वडा स्थित पञ्चायत माविको बाल कक्षामा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई आज न्यायो कपडा वितरण भएको छ ।
विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी र शिक्षिका गोमादेवी पौडेल बुढाथोकीले आफ्नो आमा (माता, पिता)को सम्झनामा एक लाख ११ हजार १११ रुपैयाको प्रेमगीता स्मृति अक्षकोष स्थापना गरेका छन् ।
उक्त अक्षय कोषबाट प्राप्त ब्याज ११ हजार र प्रअ अर्जुनकुमार बुढाथोकी परिवारबाट २४ हजार थप गरी ३५ हजारमा ५० जोर न्यानो कपडा (ट्रयाक सुट) बाल बालिकालाई वितरण भएको हो ।
माविको कक्षा नर्सरी र केजी (बाल कक्षा)मा अध्ययनरत ५० जनालाई विद्यार्थीलाई न्यायो कपडा वितरण गरिएको थियो ।
न्यायो कपडा वितरण कार्यक्रममा प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शिक्षिक गोमादेवी बुढाथोकी, विद्यालय व्यवस्थापन समितिका सदस्य रामप्रसाद ग्यावा तामाङ, शिक्षक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर