पथरी शनिश्चरे लाई उपाधी

पथरी शनिश्चरे लाई उपाधी

राजु गौतम, लेटाङ
लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको उपाधी पथरीशनिश्चरे नगरपालिकाले जितेको छ।
शनिबारको भएको फाइनल खेलमा लेटाङ नगरपालिकालाई ३-१ले पराजित गर्दै उपाधी कब्जा गरेको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा लेटाङ उपबिजेतामा सिमित भयो । बिजेताले ट्रफि सहित १ लाख नगद प्राप्त गर्दा लेटाङले ५० हजार नगद प्राप्त गर्‍यो ।
फाइनल खेलमा लेटाङका लागी सौलेन तामाङले सुरुवाती अग्रता दिलाएका थिए । खेलको २१ औं मिनेटमा गोल गरे ।
दोश्रो हाफमा पथरी खेलमा फर्कियो । पथरीशनिश्चरेका सौर्य राउतले दोश्रो हाफको ८ औं मिनेटमा बराबरी गोल गरे । राउतले नै दोश्रो हाफको १५ औं मिनेटमा गोल गर्दै २-१ को अग्रता बनाए । पथरीशनिश्चरेका लागी दोश्रो हाफको ३४ औं मिनेटमा मिक्चेन दासले गोल गरे ।
खेलको म्यान अफ दि म्याच पथरीशनिश्चरेका राउत घोषित भए ।
विधागत उत्कृष्टमा पथरीशनिश्चरेका समीर क्षेत्री उत्कृष्ट गोलकिपर, पथरीशनिश्चरेका सुवास तामाङ उत्कृष्ट डिफेन्डर, लेटाङका सन्दिप ठाडा मगर उत्कृष्ट मिडफिल्डर तथा पथरीशनिश्चरेका सौरे राउत उत्कृष्ट स्ट्राइकर घोषित भए । पथरीशनिश्चरेका मिक्चेन दास प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । लेटाङका सौगात राई उदयीमान खेलाडी घोषित भए ।
प्रतियोगिताका प्रमुख अतिथी लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्र लावतीले बिजेता तथा उपबिजेता टोलीलाई पुरस्कार प्रदान गरे ।
उज्यालो जीवन प्रतिष्ठानको आयोजना तथा चिसाङ भ्याली क्लबको सहआयोजनामा प्रस्तावित बुद्ध रंगलामा प्रतियोगिता आयोजना भएको हो ।

सम्बन्धित खवर