सरस्वती आधारभुत विधालयमा  न्यानो कपडा वितरण

सरस्वती आधारभुत विधालयमा  न्यानो कपडा वितरण

पथरी
मोरङको पथरी शनिश्चरे नपा वडा नं. २, बोक्रेचौकस्थित सरस्वती आधारभूत विद्यालयमा जाडो छल्ने न्यानो कपडा वितरण गरिएको  बुधबार विद्यालयको प्रार्थनासभा सकिएलगत्तै जाडो छल्ने ९४ सेट न्यानो कपडा वितरण गरिएको हो ।
विद्यालयका शिशु कक्षादेखि पाँच कक्षासम्म अध्ययनरत ९४ जना विद्यार्थीलाई देश विदेशमा रहेका नेपाली दाजुभाई तथा दिदीबहिनीहरुबाट प्राप्त भएको आर्थिक सहयोगमा ट्रयाक सुट बाँडिएको थियो।
वडा नं. २ का वडाध्यक्ष नैना राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नानुबाबुहरूलाई जाडोको न्यानो ट्रयाक सुट लगाइदिईएको थियो।
वडा अध्यक्ष राईले  यसखालको ध्यान, चासो, सहयोग र सरोकारमा मात्र सामुदायिक विद्यालय सुदृढ हुने विश्वास ब्याक्त गरे ।
सोहि विद्यालयबाट कखरा सिकेर हाल अमेरिका बसोबास गर्दै आएका युवा रवीन दाहाल , स्वदेशमै सुरक्षा अधिकारीको रूपमा कार्यरत व्यक्तित्व पञ्कज बुढाथोकी, स्थानीय समाजसेवी सरु विश्वकर्मा, विव्यस अध्यक्ष खगेन्द्र थापा र प्रधानाध्यापक अम्बिकादेवी गौतम समेतको सहयोगमा सो कार्य सम्पन्न भएको हो ।
उक्त अवसरमा सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल पथरिशनिश्चरे नगर अध्यक्ष युवराज बास्कोटा,
सरस्वती आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष  खगेन्द्र थापाको र विद्यालयका प्रधानाध्यापक  अम्बिकादेवी गौतमले आफ्ना धारणा राखेका थिए ।

सम्बन्धित खवर