खाेजकर्ता दीपेन्द्र राष्ट्रिय सम्मानबाट काठमाडौंमा सम्मानित

खाेजकर्ता दीपेन्द्र राष्ट्रिय सम्मानबाट काठमाडौंमा सम्मानित

माेरङ पथरीका खाेज कर्ता लेखक दीपेन्द्रराज तिम्सिना काठमाडौंमा सम्मानित हुनु भएकोछ ।
पुष १७ गते शनिबार खाेजकर्ता तिम्सिनालाई राष्ट्रिय धराेहर प्रतिष्ठान समाज नेपालले १२ अाै राष्ट्रिय पाेशाक तथा अन्तर्राष्ट्रिय टाेपि दिवसको अवसरमा सम्मान गरेको हाे ।
कार्यक्रममा बिशिस्ट अतिथि राष्ट्रिय दलित आयाेगका अध्यक्ष देवराज विश्वकर्माले तिम्सिनालाई दाेसल्ला आेढाई अभिनन्दन पत्र सहित सम्मान गर्नुभएको थियोे । पृथ्वीनारायण शाहको सल्लाहकार बिसे नगर्चीकाे बिषयमा गहिरो खाेज अनुसन्धान गरि नेपालमै पहिलोपटक गुमनाम एक इतिहास बिसे नगर्ची पुस्तक प्रकाशन गरि गाैरबमय इतिहास खाेज, लेखन गरेकाले राष्ट्रिय धराेहर बिसे नगर्ची स्मृति सम्मान सम्मानित गरिएको समाजका संस्थापक अध्यक्ष राजानन्द माण्डव्यले बताउनुभयो । यहाँले इतिहासको पानामा मात्र सिमित नेपाल एकिकरणका मुर्धन्य व्यक्तित्व पृथ्वीनारायण शाहलाई उचित समयमा उचित सल्लाह दिई राज्य एकिकरणका सुपात्र बिसे नगर्चीकाे बिषयमा एक्लो प्रयासबाट गहिरो अध्ययन गरि दुई संस्करण गुमनाम एक इतिहास पुस्तक मार्फत इतिहासलाई पुर्न जागृत मात्र गर्नुनभई नेपालका सिल्पि समुदायको राष्ट्र निर्माणको याेगदानलाई संसार सामु चिनाउन सफल हुनुभएको कदर पत्रमा भनिएको छ । राष्ट्रकाे श्रीबृद्दि राष्ट्रकाे सिर उच्च राख्न अनवरत निष्काम सेवामा तत्पर रहनु भएकोले यहाँको सत्कर्मकाे उच्च सम्मान गर्दै याे कदर पत्र सहित सम्मान गरिएको छ लेखिएको छ ।
खाेजकर्ता तिमिल्सिनाले बिसे नगर्चीकाे इतिहास गाेरखा सम्मनै पुगेर खाेज अनुसन्धान गरि लेखेको पुस्तक दाेस्राे संस्करण समेत प्रकाशन गर्नुभएको थियोे । साेहि कार्यक्रममा कार्यक्रममा अन्य पत्रकार, साहित्यकार संस्कृतिकर्कि सहित १९ जनालाई सम्मान गरिएको थियोे । तिमिल्सिना यश अघि सामुदायिक वन उपभोक्ता महासंघ माेरङ २०६५ अरुणाेदय अंग्रेजी बिद्यालय पथरी शनिश्चरे १० २०६६ नेपाल जेसीज २०७४ पथरी जेसीज २०७४ देखि २०८१ सम्म पथरी उद्योग वाणिज्य संघ तिम्सिना समाज माेरङ जिल्ला २०७९ प्याब्सन पथरी शनिश्चरे नगर समिति भुपु सैनिक बाेर्डिङ पथरी १ २०७९ फागुन बालनमुना वाेर्डिङ पथरी शनिश्चरे १०, २०७९ फागुन तिमिल्सिना समाज काेशि प्रदेश २०८०लपथरी शनिश्चरे, नगरपालिका १ नं वडा कार्यालय २०८० लगायतका दर्जन बढी संघ संस्थाबाट सम्मानित हुनु भएको छ ।
तिम्सिनाका हालसम्म प्रकाशित पुस्तकहरु टेलिफोन डायरी २०६८, माेरङकाे सामुदायिक वन एक चिनारी २०६९, माेरङकाे क्षेत्र नं २ एक चिनारी २०७०, पथरी शनिश्चरे नगरपालिका एक चिनारी २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म प्रथम संस्करण २०७७, जेसीज दस्तावेज विगतदेखि वर्तमानसम्म दाेस्राे संस्करण २०७८, धिमाल जातिकाे इतिहास विगतदेखि वर्तमानसम्म २०७८, इतिहासमा पथरी शनिश्चरे २०७८, माेरङका जनप्रतिनिधि संङगालाे २०७९, माइखाेलादेखि पुनर्वाससम्म २०८० (भुटानी शरणार्थीकाे कथा व्यथा) तिमिल्सिना इतिहास विगतदेखि वर्तमानसम्म २०८०, गुमनाम एक इतिहास : बिसे नगर्ची २०८१ पहिलो संस्करण, गुमनाम एक इतिहास : बिसे नगर्ची २०८१ दाेस्राे संस्करण रहेका छन् ।

सम्बन्धित खवर