राजु गौतम
लेटाङ
लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनलमा सुन्दरहरैंचा नगरपालिकालाई २-० ले हराउँदै पथरीशनिश्चरे नगरपालिका फाइनलमा प्रवेश गरेको छ ।
बुधबार स्थानीय बुद्ध रंगशालामा सम्पन्न खेलको पहिलो हाफको इन्जुरी समयमा अंकित लिम्बूले गोल गर्दै पथरीशनिश्चरेलाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ३१ औं मिनेटमा मिक्चन दासले गोल गर्दै पथरीशनिश्चरेको जित सुनिश्चित गरेका हुन । खेलको म्यान अफ द म्याच विजेता टिमका अंकित लिम्बू घोषित भए ।
बिहिबार को दोस्रो सेमिफाइनलमा लेटाङ नगरपालिका र कानेपोखरी गाउँपालिकाबीच फाइनल प्रतिस्पर्धाका लागि खेल हुनेछ । प्रतियोगिताको फाइनल पुस २० गते शनिबार हुनेछ ।