पथरी
लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ ।
मंगलबारको खेलमा केराबारी गाँउपालिकालाई ३-० ले लेटाङ नगरपालिकाले पराजित गरे संगै सेमीफाइनल समिकरण पुरा भएको हो ।
बुधबार फाइनल प्रवेशका लागी पथरीशनिश्चरे र सुन्दरहरौंचा प्रतिष्पर्धा गर्ने छ्न भने लेटाङले कानेपोखरी बिहिबार फाइनल प्रबेशका लागी भिडने छ्न ।
नेपाली राष्ट्रिय टोलिका सदस्य अभिषेक लिम्बु सहित मैदान प्रबेश गरेको लेटाङले रबाफिलो प्रर्दशन गर्यो ।
मंगलबारको खेलमा लेटाङका लागी सौगात राई, सन्दीप मगर र अनिस श्रेष्ठले गोल गरे ।
पहिलो हाफमा २-० गोलको अग्रता बनाएको लेटाङले दोश्रो हाफमा थप गोल गर्दै ३-० को अग्रता बनायो । राईले खेलको ७ औं र मगरले १५ औं मिनेटमा गोल गरे भने इन्जुरी टाइममा श्रेष्ठले गोल गरे । खेलको म्यान अफ दि म्याच लेटाङका गोलकिपर भरत मगर घोषित भए ।