पथरीशनिश्चरे सेमीफाइनलमा प्रबेश

पथरीशनिश्चरे सेमीफाइनलमा प्रबेश

पथरी
सनम धिमालको निर्णायक गोलको मद्दतले मिक्लाजुङ पालिकालाई १-० ले पराजित गर्दै पथरीशनिश्चरे नगरपालिका लेटाङमा जारी प्रथम अन्तरपालिका नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार प्रस्तावित बुद्ध रंगशालामा सम्पन्न खेलमा सनमले दोश्रो हाफमा गोल गरे । खेलको ५६ औं मिनेटमा मैदानको मध्य क्षेत्रबाट आएको पासलाई सनमले जाली चुमाए

खेलको म्यान अफ दि म्याच बिजयी टिमका संन्जय लिम्बु घोषित भए ।
मंगलबार लेटाङ नगरपालिका र केराबारी गाँउपालिका बिच खेल हुने छ ।
उज्यालो जिवन प्रतिष्ठान र चिसाङ भ्याली क्लबले आयोजना गरेको प्रतियोगिताको बिजेताले नगद १ लाख र ट्रफि प्राप्त गर्ने छ भने उपबिजेताले ५० हजार नगद प्राप्त गर्ने छ।

सम्बन्धित खवर