आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्यो

आयुर्वेदिक स्वास्थ्य केन्द्रमा बिरामीको चाप बढ्यो

रबिन्द्र बराल, रंगेली

मोरङको रंगेली नगरपालिका ७ स्थित वडा कार्यलयको भवनमा बिगत ४ वर्षदेखि आयुर्वेदिक स्वास्थ्य केन्द्र सञ्चालनमा रहेको छ । पछिल्लो समय सो स्वस्थ्य केन्द्रमा बिरामीको चाप बढ्दै गएको पाइएको छ

“मेरो स्वस्थ्य मेरो जिम्मेवारी” भन्ने नाराका साथमा सुरु भएको सो स्वस्थ्य केन्द्रमा नागरिकको शारीरिक, मानसिक र आध्यात्मिक रुपमा स्वास्थ्य र सवल बनाउन कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

हरेक तहमा नागरिकहरुको सशक्त सहभागिता मार्फत् आयुर्वेद, योग तथा जडिबुटीको माध्यमबाट शारीरलाई स्वास्थ्य बनाउन र नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्रदान समेत गर्दे आईरहेको छ । नागरिकलाई स्वस्थ बनाउन राज्यले स्वास्थ्य क्षेत्रमा लगानी अभिवृद्धि गर्ने एवं गुणस्तरीय, सहज, सुलभ स्वास्थ्य सेवामा समान पहुँच सुनिश्चित गर्न यस्तो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

विगत ४ वर्षदेखि सञ्चालनमा रहेको यस केन्द्रमा बिगतका दिनहरूमा भन्दा अहिले बिरामीको संख्या बढ्दै गइरहेको हो । यस्ता कार्यक्रममा नगरपालिका र वडा कार्यालयले पनि सहयोग गरेको खण्डमा आफुहरूलाई कामगर्न सहज हुने महेश कुमार प्रणामी बैधले बताए ।

हाल यस केन्द्रमा दैनिक ३ देखि ५ जनासम्म बिरामीले थेरापी मार्फत् उपचार सुविधा लिदैआएका छन् ।

सम्बन्धित खवर