पथरी, मोरङको पथरीशनिश्चरे १ मा अवस्थित पञ्चायत माध्यमिक विद्यालयले पाँचसय भन्दा बढी सहभागी राखेर पीटी तालिमको आयोजना गरिरहेको छ ।
नगरका २८ वटा सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीलाई सहभागी गराएर संगीत सहितको पीटी तालिमको आयोजना गरिएको पञ्चायत माविका प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।
सो तालिमका लागि कालिका मानव ज्ञान मावि बुटवलका पीटी प्रशिक्षक हरिश वलि प्रशिक्षक रहनुभएको छ । आजबाट सुरु भएको सो तालिम शनिवारसम्म सञ्चालन हुने छ । यस अवधिमा कालिका मानव ज्ञान माविका प्रधानाध्यापक दिनेश थापाले विद्यालय व्यवस्थापन र शैक्षिक सुधारका पक्षमा प्रशिक्षण गर्ने, विद्यार्थीहरूलाई शिक्षा, अनुशासन र प्रेरणाका कुराहरू सिकाइने कार्यक्रम तय भएको छ ।