हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

हरियाली सामुदायिक वन लिमिटेडको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले गत वर्षको तुलनामा यस आर्थिक वर्षमा खुद मुनाफा बढाउन सफल भएको बताएको छ । कम्पनीका अध्यक्ष दिल बहादुर तामाङ्ले प्रतिवेदन प्रस्तुत गर्दै सो जानकारी शेयर सदस्यहरुलाई गराएका हुन् । लगानीबाट प्राप्त आय बढेकाले सो वृद्धि हासिल भएको अध्यक्षको भनाइ छ । कम्पनीले हाल पौडी पोखरी सञ्चालनमा ल्याएको छ र सो पोखरीबाट कुल सञ्चालन खर्च कटाएर मुनाफा आर्जन भएको प्रतिवेदनमा उल्लेख छ । कम्पनीले निर्माण सम्पन्न गरी सञ्चालनरत् हलको भाडा, पौडी पोखरी लगायत मार्फत आम्दानी गरिरहेको छ । कम्पनी सञ्चालनको शुरुवाती वर्षहरु भएका कारण समग्रमा कम्पनी भने नोक्सानमा रहेको छ । आर्थिक वर्ष २०८०/८१ म कुल ९ लाख ८ हजार ९ सय ९२ रुपैयाँ आम्दानी रहेको कम्पनीको खर्च भने २२ लाख ४५ हजार ९ सय ७७ रहेको छ । यस वर्ष कुल १३ लाख ३६ हजार ९ सय ८५ नोक्सान व्यहोरेको कम्पनीले आगामी आर्थिक वर्षमा भने ४० लाख ७५ हजार नाफा प्राप्तीको लक्ष्य राखेको छ । कम्पनीमा हाल ८ सय ९६ शेयर सदस्य रहेका छन् ।
प्रतिनिधि सभा सदस्य डिक बहादुर लिम्बूको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभालाई सम्बोधनको क्रममा कम्पनीले लक्ष्य राखेको सम्पूर्ण योजनाको सफलताको कामना गर्नुभयो । कम्पनीको प्रगतीमा सञ्चालकहरु मात्र नभई सम्पूर्ण शेयर सदस्य सजग रहनु पर्ने लिम्बूको भनाइ छ ।
कार्यक्रममा उद्योगी भोलेश्वर दुलालले कुनै पनि योजना बनाउदा दिर्घकालिन योजना बनाउनु आवश्यक रहेको बताउनु भयो । निर्माणको चरणमा रहेका कम्पनीहरुले धेरैबर्ष घाटा बेहोर्नु सामान्य रहेको दुलालको भनाइ थियो ।
कार्यक्रमा बोल्दै हरियाली सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष काबुलबहादुर मगरले कम्पनीे आगामी वर्षदेखि नाफामा जानेमा आफू विश्वस्त रहेको बताउनु भयो । कम्पनीको पूर्व सञ्चालक गणेश बाछ्ना लगायतले कार्यक्रममा बोल्दै शुभकामना व्यक्त गर्नुभएको थियो ।

भिडियाे समाचार

https://www.facebook.com/share/v/1CAeKhpHnx/?mibextid=oFDknk

सम्बन्धित खवर