कोशी ब्यारेजमा पानी सतह झन बढ्दै, अति खतराको तह पार

कोशी ब्यारेजमा पानी सतह झन बढ्दै, अति खतराको तह पार

सुनसरी, सप्तकोशी नदीले कोशी ब्यारेजको जलसतह अति खतरानक विन्दु पनि पार गरेको छ ।

आइतबार बिहान ७ बजेको अपडेट अनुसार सप्तकोशीमा ६ लाख  ६१ हजार ५ क्युसेक प्रतिसेकेण्ड जलसतह मापन गरिएको छ । पानीको सतहले पुललाई नाघेपछि सतर्कता अपनाउदै सबै सवारी साधनलाई समेत पुलबाट हिड्न रोकिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले आपतकालीन सवारी साधनहरु बाहेक अन्य सवारी साधनलाई रोकिएको जानकारी दिएको छ ।  अहिले पनि पानीको सतह बढिरहेको र यो उच्च तहको जोखिमको अवस्थामा रहेकोले उच्च रातो सतर्कताको अवस्थामा रहेको केन्द्रले जानकारी दिएको छ ।

सप्तकोशी जलमापन केन्द्रले कोशी ब्यारेजमा हाल एक लाख ५० हजार क्युसेक बहाव हुनेबित्तिकै खतराको सूचक भन्दै रातो झन्डा र बत्ती बाल्ने गरिएको छ । काेशीकाे पुलमाथिबाट अहिले पानी बगिरहेकाे छ । हिजाेदेखि नै ५६ वटा ढोका खोलिएका छन् । काेशी प्रदेशको माैषम भने बिहानै देखि खुलेकाे छ । बिहानैबाट घाम लागिरहेकाले अब माैषममा सुधार आउने देखिएको हाे ।

सम्बन्धित खवर