पथरीशनिश्चरे गाेल्डकप : सेमिफाइनलमा सङ्कटा र पथरी ११ भिड्ने

पथरीशनिश्चरे गाेल्डकप : सेमिफाइनलमा सङ्कटा र पथरी ११ भिड्ने

अर्जुन काफ्ले, पथरी

पथरीशनिश्चरे गोल्डकपको तेस्रो क्वाटरफाइनल खेलमा संकटा क्लबले भारतको युनाइटेड खर्साङ फुटबल क्लब(युके एफसी)लाई पराजित गरेको छ ।

पथरी रंगशालामा सोमबार भएको खेलमा संकटाले पाहुना टोली युकेएफसि माथि २–० को जित निकालेको हो । संकटाले सेमिफाइनलमा आयोजक पथरी ११को सामना गर्नेछ । मंगलबार ब्रिग्रेड ब्वाइज क्लब काठमाडौं र सहलेस युथ क्लब सिराह सेमिफाइन प्रवेशका लागि भिडने छन् ।

संकटाका लागि कृपा चौधरी र युवराज ढकालले गोल गरे । खेलको ३२औं मिनेटमा चौधरीले हानेको सटलाई युकेका गोलकिपर रुपक कोयाले पूर्णरुपमा नियन्त्रण गर्न नसकेपछि रिवाउण्डमा उनले नै गोल गरे ।

खेलको निर्धारित समयपछि थपिएको ३ मिनेटको दोस्रो मिनेटमा संकटाले गोल थप्दै जित सुनिश्चित ग¥यो । संकटाका विनु आलेमगरले मध्यक्षेत्रबाट हेडमार्फत दिएको पासलाई अनमार्कमा रहेका ढकालले दाेश्रो बार चेप्दै गोल गर्दा विपक्षी टिमका गोलकिपर कोयाले वचाउने कुनै मौका पाएनन् ।

खेलको म्यान अफ दि म्याच संकटाका पुष्कर खडका घोषित भए । उनले ५ हजार नगद प्राप्त गरे ।

सम्बन्धित खवर