प्रथम पथरी शनिश्चरे गोल्डकप सुरु

प्रथम पथरी शनिश्चरे गोल्डकप सुरु

पथरी, मोरङको पथरी शनिश्चरेमा प्रथम पथरी शनिश्चरे गोल्डकप सुरु भएको छ । हिजो भएको उद्घाटन खेलमा १–२ गोलले पाँचथरलाई पछि पार्दै पथरी ११ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रस्तावित पथरी रंगशालामा शनिबार भएको उद्घाटन खेलमा पथरी ११ लाई जित दिलाउन सनम धिमालले दुई गोल गरे । पथरीले सनमको गोलमार्फत् ४२औं मिनेटमा सुरुआती अग्रता लिएको थियो।

युकेश तामाङको क्रसमा अनमार्क रहेका सनमले बललाई जाली चुमाएका हुन्। त्यसको एक मिनेटमै पाँचथरका शुशिल लिम्बूले गोल गर्दै खेल बराबरीमा ल्याए । उनले कर्नरमार्फत् प्राप्त बललाई गोलमा परिणत गरेका हुन्।

यद्दपि, सनमले ५६औं मिनेटमा अर्को गोल गर्दै आयोजक टोलीलाई जित दिलाए। यसपल्ट उनले सञ्जय लिम्बूको क्रसलाई सदुपयोग गरेका हुन्। पाँचथर गोलकिपर सोजित चौधरी अगाडी बडेको मौकामा उनले गोल गरेका हुन्। सनम नै म्यान अफ द म्याच घोषित भए।

आइतबारको खेलमा धरान सिटी फुटबल क्लब र झापा ११ फुटबल क्लब भिड्नेछन्।

सम्बन्धित खवर