माेरङ, मोरङको पथरी शनिश्चरे ७ का चन्द्रबहादुर तामाङको हत्या भएको छ । करिव ६० वर्षका तामाङकाे गएराति हत्या भएकाे हाे ।
लामो समयसम्म हुलाक सेवामा काम गरेका तामाङ सेवा निवृत्त भइ आफ्नै घरमा एक्लै बस्दै आएका थिए । तामाङलाई आज बिहान घरको प्यासेजमा रगताम्य अवस्थामा भेटिएकाे थियो । तामाङकाे शरिरका विभिन्न स्थानमा चोट लगेर ढलेको अवस्थामा स्थानीय दिनेश लिम्बुले बिहान ७ बजे देखेका थिए । लिम्बूले देखेपछि छरछिमेकी र प्रहरीलाई खबर गरेका थिए । घटनाको अवस्था हेर्दा आजै विहानी पखको जस्तो देखिन्छ ।
घटना स्थलमा एउटा हतियार (बाम्फक दाउ) रहेको छ । तामाङका ज्वाईं रविन राईसँग माछा मार्न जाने सल्लाह भएकाले रविनलाई बाेलाउन आउँदा लिम्बूले तामाङकाे हत्या भएकाे देखेका हुन् । तामाङको श्रीमती छोरा र छोरी विदेशमा रहेका छन् । तामाङले १ वर्ष अगाडि सानो मिनी घर बनाई सोहि घरमा एक्लै बस्दै आएको स्थानीय बताउछन् । तामाङको दुईतिर घर भएकाले पुरानो घरमा ज्वाई रविन राई र नयाँ घरमा ससुरा बस्ने गरेको स्थानियले बताएका छन् । छोरी विदेश रहेको कारण ज्वाई ससुरासँगै खाने र एक एक ओटा घरमा बस्ने गरेको स्थानीयको भनाइ छ ।
तर घटना पछि ज्वाई रविन राई भने सम्पर्क बिहीन रहेका छन् । साईला नामबाट चिनिने ज्वाई रविन राई पथरी शनिश्चरे ९ मा रहेको प्लाई फ्याक्ट्रिमा सेक्युरेटि गर्दै आएका छन् । उनि सुत्ने घर र काम गर्ने स्थानमा समेत उनि छैनन् । उनि मोवाईल समेत नचलाउने भएकाले सम्पर्क हुन नसकेको स्थानियले बताएका छन् । तामाङ ज्वाईकै रेख देखमा रहेका थिए । तामाङकाे हत्या कसले र किन गर्याे भन्ने यकिन नभएकाे प्रहरीले जनाएको छ । मृतकका ज्वाइँ सम्पर्कमा नरहेकाले उनकाे पनि खाेजि भइरहेकाे र मृतकका बारेमा अनुसन्धान भइरहेकाे इलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
साेहि स्थानबाट करिब १ किमि उत्तरमा केही समय अघि फागुन २१ गते रातको १० बजे खोटाङ घर भएकी १५ वर्षीय ज्ञानकुमारी राई (संजना) को हत्या भयाे । हत्या अभियोगमा मोरङ ग्रामथान गाउँपालिकाका धिरेन चौधरी काराघार चलान भए । फेरि उस्तै गरि घरमै हत्या भएपछि स्थानीय त्रसित बनेका छन् ।