रहेनन् मिस्टर काठमाडौंको उपाधि बिजेता प्रकाश

रहेनन् मिस्टर काठमाडौंको उपाधि बिजेता प्रकाश

पाँचौ मिस्टर काठमाडौं शारीरिक सुगठनका विजेता प्रकाश राईको निधन भएको छ ।

गत शनिबारमात्र शारीरिक सुगठन प्रतियोगितामा स्वर्ण जितेका ४५ वर्षीय राईको हृदयघातका कारण बुधबार बिहान निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि तत्काल धापासीमा रहेको ग्रान्डी अस्पताल पुर्‍याइएको थियो तर, उपचारका क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ ।

मोरङको पथरीशनिश्‍चरे १ घर भएका राईले ७५ केजी माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै पछि ओभरल भिडन्तमा मिस्टर काठमाडौं जितेका थिए ।

सम्बन्धित खवर