भू.पु.ले मनायाे नमुना बालगृहमा बाल दिवश

भू.पु.ले मनायाे नमुना बालगृहमा बाल दिवश

पथरी, माेरङकाे पथरीमा अवस्थित भू.पु. शैनिक अङ्ग्रेजी स्कुलले ६० ओैँ बाल दिवश उर्लाबारी स्थित नमुना बालगृहमा मनाएकाे छ । विद्यालयकाे कक्षा १० मा अध्ययनरत विद्यार्थी लिएर कक्षा शिक्षक सञ्जय परियार शुक्रबार बिहानै नमुना बालगृह पुग्नुभएकाे हाे ।

विद्यार्थीहरूले आफ्नाे खाजाकाे रकम सङ्कलन गरेर बचत गरि करिब १८ हजार सङ्कलन गरेका थिए । त्यसका अलावा सबैले आफुले सक्ने जिन्सी सामग्री पनि सङ्कलन गरेका थिए । विद्यालयले पनि आर्थिक सहयाेग गरेपछि सरसफाइमा आवश्यक पर्ने सामान र केक बाेकेर विद्यार्थी, सञ्चालक र शिक्षककाे टाेलि बालगृह पुगेकाे शिक्षक परियारले जानकारी दिनुभयाे ।

बालगृहमा सहयाेग गरेेर फर्किएपछि विद्यालयमा पनि विभिन्न कार्यक्रम गरि ६० ओैँ राष्ट्रिय बाल दिवश मनाइएकाे थियाे ।

सम्बन्धित खवर