मध्यरातमा पथरीमा आगलागी

मध्यरातमा पथरीमा आगलागी
उर्लाबारी, पथरीमा मध्यरातमा एक घरमा आगलागी भएको छ। सोमबार राती करिव १०:३० बजे पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मिलन चोकस्थित सुरेन्द्र चापागाँइको घरको गोठमा आगलागी भएको ईलाका प्रहरी कार्यालय पथरीले जनाएको छ ।
मध्यरातमा घर सँगै रहेको गाई गोठमा आगलागी हुदा करिव ५ लाख बराबरको क्षती भएको घरमुली चापागाँइले बताए ।
आगलागीबाट मकै, धान, पराल र सालको काठ जलेर नष्ट भएको बताईएको छ । यस्तै गोठ समेत जलेर जिर्ण भएको बताईएको छ ।
मध्यरातमा भएको आगलागीबाट कुनै मावनिय र पशुचौपायामा क्षती भने भएको छैन् ।ो बताईएको छ। मध्यरातमा विद्युत सर्ट भई आगो लागेको हुनसक्ने बताईएको छ ।
उर्लाबारी, पथरी र कानेपोखरीलगायतका पालिकाहरुको दमकल, जनपथ प्रहरीसहित स्थानियको प्रयासमा करिव ५० मिनेटमा सो आगो नियन्त्रणमा लिइएको थियाे ।

सम्बन्धित खवर