उर्लाबारीमा प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता हुने 

उर्लाबारीमा प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता हुने 

उर्लाबारीमा यही भदौ २० गतेदेखी प्रथम चाँदनी खुला नकआउट फुटबल प्रतियोगिता हुने भएको छ ।

उर्लाबारी वडा नम्बर २ तिनघरेस्थित चाँदनी युवा क्लवको आयोजनामा  संचालन हुने सो प्रतियोगितामा मोरङका विभिन्न पालीकाहरुका १६ वटा क्लवको सहभागिता रहने आयोजक क्लवका अध्यक्ष अनिल राईले बताए ।

‘लागुऔषधलाई छोडौं,  युवाहरुलाई फुटबलको मैदानमा जोडौं’ भन्ने मुल नाराका साथ सो प्रतियोगिताको आयोजना गरिएको अध्यक्ष राईले बताए । उनकाअनुसार पछिल्लो समय ग्रामीण भेगमा युवाहरु लागुऔषध र दुर्व्यसनीमा फस्ने गरेको पाईएपछि युवाहरुलाई फुटबलको माध्यमबाट लागुऔषधमुक्त बनाउने अभियानका साथ खेलकुदमा जोड्न खोजिएको हो ।

वडास्थित तिनघरे खेल मैदानमा हुने सो प्रतियोगिताको विजेताले ३० हजार , उपविजेताले १५ हजारसहित दुवै टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले बताएको छ ।

यस्तै प्रतियोगितामा उत्कृष्ट खेलाडी, हाई स्कोरर,  वेष्ट गोल किप्पर, वेष्ट डिफेन्डर, म्यान अफ दी म्याचलगायतका विधाहरुमा खेलाडीलाई सम्मानित गरिने क्लवका सल्लाहकार नरबहादुर धिमालले जानकारी दिए ।

वडा नम्बर २ निवासी युवा (हाल ईजरायल)  कृष्ण लिम्बुको मुख्य प्रयोजन रहने सो प्रतियोगिताको फाईनल खेल आगामी भदौ २९ गते हुने आयोजकले जनाएको छ।यस्तै सो प्रतियोगिताको सह-प्रायोजक ईजरायलको ईएससी राईजीङ् स्टार फुटबल क्लव रहेको बताईएको छ।

सो प्रतियोगिता संचालनको लागि करिव ३ लाख खर्च हुनसक्ने आयोजकले बताएको छ । आयोजक क्लवका अध्यक्ष राईकाअनुसार प्रतियोगिता संचालनको लागि वैदेशीक रोजगारीमा विदेशीएका स्थानिय युवाहरुसँग आर्थीक संकलन गरिएको छ । यस्तै स्थानिय सामाजिक संस्थाहरुसँग समेत सहयोग संकलन गरिएको उनले बताए। यता वडा नम्बर २ का वडाध्यक्ष राजनकुमार कडेँलले  युवाहरुलाई लागुऔषधमुक्त बनाउने लक्ष्यका साथ आयोजना गरिने सो प्रतियोगिताको तारिफ गर्दै वडाको तर्फबाट खेल सामाग्री उपलब्ध गराउने बताए ।

यसैबिच सो प्रतियोगिताको उद्घाटन खेल भदौ २० गते बिहिबार पथरीशनिश्चरे नगरपालिकास्थित क्रिर्तीपुर फुटबल क्लव र आयोजक चाँदनी युवा क्लवबिच दिउसो २:३० बजेदेखी संचालन हुने आयोजकले बताएको छ ।

सम्बन्धित खवर