प्रकाश तामाङलाई सहयोग गर्ने मुख्यमन्त्रीको घोषणा

प्रकाश तामाङलाई सहयोग गर्ने मुख्यमन्त्रीको घोषणा

विराटनगर, हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताउनुभयो । कोशी प्रदेश भित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने उहाँले जानकारी दिनुभयो । संघीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उहाँलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताउनुभयो ।

“शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो ” उहाँले भन्नुभयो “त्यो नभएपछि उहाँको शीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।” पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनमिलन भएको हो ।

३५ वर्षदेखि परिवारसँग सम्पर्कविहिन भएका प्रकाशको पुर्नमिलनको कथा हेर्ने कथा युटुव च्यानलमा हराएको वर्ष शीर्षकमा राखिएको छ ।

सम्बन्धित खवर