धन कमाउन विदेश गएका २५ वर्षीय युवाको युएइमा गयो ज्यान, गाउँ नै शोकमा

धन कमाउन विदेश गएका २५ वर्षीय युवाको युएइमा गयो ज्यान, गाउँ नै शोकमा

पथरी, कामको सिलसिलामा युनाइटेड अरब इमिरेट्स (दुवइ) मा २५ वर्षीय युवाको ज्यान गएपछि एतिबेला गाउँ नै शोकमा डुबेको छ ।

मोरङको पथरीशनिश्चरे ३ मिरमिरे चौक घर भएका ख्याम थापा (निर्मल) को गत साउन २१ गते मृत्यु भएको हो । काममा जाने क्रममा दुर्घनामा परेका थापाको उपचारका क्रममा मृत्यु भएपछि शवलाई आज घर ल्याएने भएको पारिवारिक स्रोतले जनाएको छ ।

अहिले बिहान ९ः४५ मा त्रिभूवन अन्तराष्ट्रिय विमान स्थलमा शव आइपुग्ने र आजै घर ल्याउने तयारी गरिएको छ । थापाको अन्तिम संस्कार भोली भदौ ५ गते बुधबार बिहान ८ बजे सुन्दरी चौक स्थित बक्राहा घाटमा गरिने पारिवारले जनाएको छ ।

थापाको परिवारमा २ दिदिहरूको विवाह भइसकेको छ । घरमा वृद्ध बाबु, आमा र एकजना सुस्थ मनस्थितिका दाजु छन् । उनि घरको कान्छो छोरा थिए । परिवारको एक्लो सहारा थापाको पनि निधन भएपछि परिवारमा बज्रपात परेको छ । थापा परिवारलाई असह्य पीडा छ भने गाउँ नै शोकमा डुबेको छ ।

सम्बन्धित खवर