लागुऔषध र सालकको खपटा सहित कारोबार गर्नेहरु पक्राउ

लागुऔषध र सालकको खपटा सहित कारोबार गर्नेहरु पक्राउ

पथरी, इलाका प्रहरी कार्यालय पथरीले लागुऔषध खैरो हिरोइन र लोपोन्मुख बन्यजन्तु सालकको खपटा करोबार गर्नेहरुलाई पक्राउ गरेको छ ।

नेपाल र भारतमा बसेर खैरो हिरोइन र सालकको खपटाको कारोबार गर्नेहरुलाई प्रहरीले बिभिन्न स्थानबाट कारोबारीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

आज भदौ २ गते इलाका प्रहरी कार्यालय पथरीमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले कारोबारीहरुलाई सार्वजानिक गरेका हुन् ।

श्रावण ३१ गते बिहीबार बेलुका भारतको बिहार प्रान्त अररिया जिल्ला कुवाडी थाना ग्राम कुवाडी वडा न। ९ बस्ने वर्ष २४ को किथिलेस कुमार मण्डल, वर्ष २६ को भाष्कर कुमार शर्मा र वर्ष २५ को सौरभ पासवानलाई १० ग्राम ब्रउनसुगर सहित पक्राउ गरेको जनाए ।

एकै स्थान ठेगाना रहेका उनिहरुले प्रयोग गरेको बिआर ३८ एल ९३०९ भारतिय नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी नवराज कार्कीले पत्रकार सम्मेलनमा जानकारी गराए ।

साउन २० गते बिहीबारकै दिन पथरी शनिश्चरे नगरपालिका वडा नं. १० बाट बिआर ३८ डि ७८८९ भारतिय नम्बर रहेको मोटरसाइकलमा ७ ग्राम १७ मिलिग्राम ब्राउनसुगर सहित रंगेली नगरपालिका वडा नं. ७ मोरङ बस्ने वर्ष २४ का अभय कुमार भाष्कर र सुनवर्षि नगरपालिका वडा नं. ७ बस्ने वर्ष १९ का हयत अलिलाई पक्राउ गरेर कानुनी कार्बाही अगाडी बढाएको जनाइएको छ ।

पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ बस्ने वर्ष २५ को दिपेश माझीलाई श्रावण २१ गते सोमबार ४ ग्राम ४८० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ म्याद थप गरि अनुसन्धान गरिरहेको एसपी कार्कीले पत्रकार सम्मेलनमा बताए ।

श्रावण १९ गते कानेपोखरी गाउँपालिका वडा न. २ बाट भारत अररिया बस्ने वर्ष २१ का मोहम्मद ईसराकलाई ४ ग्राम ९५ मिलिग्राम ब्राउनसुगर सहित उनले प्रयोग गरेको बिआर ३८ डि एदि ४१३५ नम्बरको मोटरसाइकल सहित पक्राउ गरेको थियो ।

इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन बिक्रम दाहाल नेतृत्वको टोलीले श्रावण ३० गते पथरी शनिश्चरे नगरपालिका वडा न। ४ बस्ने वर्ष ३२ का सिमन परियारलाई ६ हजार ६ सय डिकोलिक र १ हजार १ सय १० चक्की ट्रमाडोल सहित लागुऔषध बोक्न प्रयोग भएको को २ ह १६१५ नम्बरको टेम्पो सहित नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडी बढाइसकेको छ । यतिको परिणम ट्रमाडोल र डिकोलिक लागुऔषध मगाउने हेमराज चन्द्रबंशी भने फरार रहेको प्रहरीले जनाएको छ ।

आज आयोजित पत्रकार सम्मेलनमा लोपोमुन्ख बन्यजन्तु सालकको हाडखोर र खपटा सहित करोबारमा संलग्नलाई समेत सार्वजनिक गरेको थियो । १–०२–०५२ प ११६७ नम्बरको मोटरसाइकलमा सवार रंगेली नगरपालिका १ बस्ने वर्ष ४५ को गगन गच्छदार र कन्चनपुर नगरपालिका ५ सप्तरी बस्ने वर्ष ३५ बासुदेव सरदारलाई ८५० ग्राम खपटा सहित पक्राउ गरेर सार्वजानिक गरेको हो ।

यस्तै रामपुर ३ उदयपुरको गिदेरी खोल बगरमा ४ केजी ५८४ ग्रम खपटा सहित बेलका ३ उदयपुर बस्ने वर्ष ४८ का कृष्णराज मगर, वडा नं. ६ बस्ने डिक बहादुर पूर्वछाने मगर र कृष्ण सरवन गाउँपालिका वडा नं. १ बस्ने वर्ष ५५ का उमेश प्रसाद चौधरीलाई पक्राउ गरेको छ । पक्राउ परेका उनिहरुलाई कानुनी कारबाहीको प्रक्रियामा रहेको जनाइएको छ ।

इलाका प्रहरी कार्यालय पथरीको नेतृत्व समाल्न आएका डिएसपी मोहन बिक्रम दाहालले अहिले आगुऔषध र २ नम्बर धन्दा बिरुद्धको अभियान निरन्तर चलाइने बताए ।

पत्रकार सम्मेलनमा पथरी शनिश्चरे नगर प्रमुख मोहन तुम्बापो, उप–प्रमुख देवीमाया काफ्ले, वडा नं. १ वडा अध्यक्ष भिम कुमार राई, वडा नं. २ वडा अध्यक्ष नैना राई वडा नं. १० वडा अध्यक्ष जीवन खतिवडा, नगर स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्य, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्नेत, शान्ति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष कुलमणि गुरुङ लगायत स्थानीय सरोकारवाला मानिसहरुको उपस्थिती रहेको थियो ।

सम्बन्धित खवर