वडामा खोज र नष्ट गर कार्यक्रमसँगै स्वास्थ्य परामर्श

वडामा खोज र नष्ट गर कार्यक्रमसँगै स्वास्थ्य परामर्श

पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. १ को ३ नं. टोलमा डेंगीको बिरामी देखिएकोले ‘खोज र नष्ट गर’ कार्यक्रम सम्पन्न गरिएको छ ।

आज वडाध्यक्ष भीम कुमार राईको अध्यक्षतामा ३ नं. टोलमा गई ‘खोज र नष्ट गर’ कार्यक्रम सहित उक्त क्षेत्रमा स्वास्थ्य परामर्श कार्यक्रमको आयोजना गरिएको हो । अन्य वडामा भन्दा वडा नं. १ मा डेंगीको संभावना बढी भएको वडावासीलाई सतर्क रहन अध्यक्ष राईले अनुरोध गर्नुभएको छ ।

सो कार्यक्रममा कार्यपालिका सदस्य विरध्वज शिवा, स्वास्थ्यकर्मी एकराज खत्री, निर्मला वि. क., दिक्षा गौतम, नगर प्रहरी इन्चार्ज बहलबहादुर गौतम, समाजसेवीहरु ठाकुरप्रसाद लिम्बु, कुलबहादुर गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर