एसईई पास हुनेलाई वाल्मीकिले दियो बधाई

एसईई पास हुनेलाई वाल्मीकिले दियो बधाई

पथरी, मोरङको पथरीशनिश्चरे २ मा अवस्थित वाल्मीकि मेमोरियल आवासीय माध्यमिक विद्यालयले बधाई विदाई तथा शुभकामना कार्यक्रम सम्मपन्न गरेको छ ।

२०८० सालमा एसईई उत्तीर्ण २३ औँ ब्याचका विद्यार्थीका लागि सोमबार वाल्मीकिले बधाई, विदाई तथा शुभकामना कार्यक्रम गरेको हो। विद्यालयले मायाको चिनो, खदा र अविर सहित विद्यार्थीलाई बधाई र विदाई गरेको छ।

उत्तीर्ण ८४ जना मध्ये दिवस बस्नेत ३.९५ जीपीए, सुभाङगत घिमिरे ३.९५ जीपीए र एमोस नेपाल ३.९१ जीपीए सहति उत्कृष्ट नतिजा ल्याउन सफल भएका हुन् । विद्यालयले ४ जिपिए ल्याउने विद्यार्थीलाई नगद १ लाख दिने घोषणा गरेको तर ४ जिपिए नआएपछि ३.९५ ल्याउने विद्यार्थीलाई जनही १० हजार र ३.९१ ल्याउने एमोसलाई नगद ५ हजार पुरस्कार प्रदान गरेको प्रिन्सिपल चन्द्र प्रसाद दुलालले जानकारी दिनुभयो ।

पथरीशनिश्चरे नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख नविन खुलाल, विद्यालयका प्रिन्सिपल चन्द्र प्रसाद दुलाल, अभिभावक ऋषि धिमाल, विद्यालयका सञ्चालक नोवलकिशोर खनाल लगायतले उत्तीर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै शैक्षिक सफलताको शुभकामना व्यक्त गर्नुभयो ।

उत्कृष्ट अंक सहित उत्तीर्ण हुने विद्यार्थीहरूले काठमाडौंका विभिन्न कलेजहरूमा पूर्ण छात्रवृत्ति सहितको कोटामा नाम निकालेर अध्ययन सुरु गरेको विद्यालयले जनाएको छ ।

सम्बन्धित खवर