पथरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्षको व्यवहारका कारण आजित भएको भन्दै पञ्चायत माध्यमिक विद्यालयका शिक्षकहरूले नगरको ध्यानाकर्षण गराएका छन् ।
मोरङको पथरीशनिश्चरे १ मा अवस्थित पञ्चायत माविमा केहि समय देखि भइरहेको आन्तरिक विवाद यतिबेला सतहमा आएको छ । विव्यस अध्यक्ष यज्ञ प्रसाद बाँस्कोटा (युवराज)ले विद्यालयमा कार्यरत् शिक्षक कर्मचारीहरूलाई अनावश्यक दुःख दिने र सामाजिक सञ्जालमा मानमर्दन गरेको भन्दै विद्यालयमा कार्यरत् ६५ जना शिक्षक कर्मचारीको हस्ताक्षर सहित नगरप्रमुख मोहन तुम्बापोलाई हिजो ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
विदाको समयमा रहेको अवस्थामा आफ्नो स्वतन्त्रा समेत हनन हुनेगरी सामाजिक सञ्जाल मार्फत् मानमर्दन गरेको कुरा पत्रमा उल्लेख छ । यहाँ कार्यरत् शिक्षक कर्मचारीले सामाजिक सञ्जालमा कुनैकुरा मन परेमा लेख्न समेत नपाउनेगरी अध्यक्ष एक्सन उत्रिएपछि विद्यालयमा राणा शासन सुरु भएको शिक्षकहरू बताउछन् ।
नगरले तत्काल समस्या समाधान नखोजे र विव्यस अध्यक्षबाट निरन्तर यस्तै व्यवहार रहिरहे सामुहिक राजिनामा दिन बाध्य हुने पत्रमा उल्लेख छ । यस विषमा अध्यक्ष बाँस्कोटाको भने फरक धारणा छ । विद्यालयलाई हित नचाहनेहरूले अनावश्यक हल्ला फिजाएको बाँस्कोटाले बताए । कार्यक्षेत्रमा कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बाँस्कोटाको भनाइ छ ।
यसरी सुरु भयो विवाद
पञ्चायत मावि अध्यक्ष बाँस्कोटा हुनु अगावै प्रदेशको नमूना विद्यालयको रुपमा रहेको विद्यालय हो । यसवर्षको एसईई नतिजामा पनि सामुदायिक विद्यालय तर्फ मोरङ उत्कृष्ट जिपिए ल्याउने विद्यालय हो । यसअघि विद्यालयमा विवाद थिएन वा बाहिर आएको थिएन तर केहि समय अघि अध्यक्ष बाँस्कोटाका छोरालाई अध्यापनका क्रममा पिटिएको भन्ने हल्ला बाहिर आएको थियो ।
सोही विषयमा विद्यालयमा कार्यरत् शिक्षक सोनु लिम्बुलाई केहि दिन विद्यालय नआउनु भनेर पठाइएको थियो तर २ हप्तासम्म पनि लिम्बुलाई विद्यालयमा बोलाइएन । पछि समाजिक सञ्जालमा सो कुराको बिरोध हुन थाल्यो र विद्यालयमा बोलाएर कापी जाँच गर्न दिएर पठाएको त्यहाँ कार्यरत् शिक्षकहरू बताउछन् ।
अध्यक्ष बाँस्कोटा सो समयमा नगर बाहिर रहेको र आफु फर्किदा निज शिक्षक विद्यालयबाट निस्किसकेको हुन्पर्ने दवाव विद्यालय प्रशासनमा थियो । पछिल्लो समय सोहि विषयको विवाद समाजिक सञ्जालमा आएपछि अध्यक्षले विद्यालयका शिक्षकहरूलाई निरन्तर अनावश्यक दवाव सिर्जना गरेको शिक्षकहरू बताउछन् ।
केहि कर्मचारीहरूलाई त जागिर खान मन छ कि छैन् भन्दै धम्की दिने गरेको, फोन गरेर अनावश्यक दुःख दिने गरेको पिडित कर्मचारीले बताए । अध्यक्षको व्यवहारका कारण पछिल्लो समय विद्यालयलाई नै असर गर्न थालेपछि शिक्षकहरू ध्यानाकर्षण पत्र नै बुझाउने स्थितिमा पुगेका छन् तर अध्यक्ष भने विद्यालयको शाख गिराउन तल्लिन रहेकोमा दुईमत छैन् ।
नगरमा बुझाएको ध्यानाकर्षण पत्र