रतुवामाईले ल्यायो ७८ करोड ९० लाखको बजेट

रतुवामाईले ल्यायो ७८ करोड ९० लाखको बजेट

मोरङको रतुवामाई नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेको छ । नगरपालिकाले ७८ करोड ९० लाख ३३ हजारको बजेट ल्याएको छ ।

आर्थिक कार्यविधि तथा विनियोजन विधेयक अनुसार असार १० गतेभित्र सबै स्थानीय तहले आगामी आर्थिक वर्षको बजेट अनिवार्य ल्याउनुपर्ने प्रावधान छ । सोही अनुसार चौधौं नगरासभामा नगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रमसँगै बजेट प्रस्तुत गरेको हो ।

आर्थिक बर्ष २०८१/८२ का लागि नगर उपरमुख दमयन्तादेवी चुँडालले नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुभयो । उहाँले नगरासभामा ७८ करोड ९० लाख ३३ हजारको रूपैया बराबरको अनुमानित बजेट पेस गर्नुभयो ।

प्रस्तुत बजेट बक्तब्यमा संघिय सरकारबाट प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तरगतको वित्तीय समानीकरण अनुदान १५ करोड ५१ लाख रुपैया रहेको छ । संघीय सरकारको राजस्व बाँडफाँडबाट १३ करोड ३७ लाख रुपैया प्राप्त हुने उल्लेख छ । घरजग्गा रजिष्ट्रेसन करको बाँडफाँडबाट प्राप्त हुने आम्दानी ३ करोड ३० लाख रुपैया रहेको छ ।

त्यसगरी प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९९ लाख १२ हजार रुपैया छ भने प्रदेश सरकारकै सवारी साधनको कर बाँडफाँडबाट ७२ लाख ५५ हजार रुपैया रहेको छ । नगरपालिकाको आम्दानी २ करोड ५० लाख रुपैया हुने अनुमान गरिएको छ भने चालु बर्षको अनुमानित अल्या २ करोड ८६ लाख १० हजार ९ रुपैया रहने बजेट बक्तब्यमा उल्लेख छ ।

स्थानीय राजस्व बाँडफाँडबाट ५० लाख रुपैया प्राप्त हुने उल्लेख छ । संघिय सशर्त अनुदान चालुतर्फ २९ करोड ९२ लाख र पुँजीगत अनुदानतर्फ २ करोड ८५ लाख रुपैया रहेको छ । त्यसैगरी प्रदेश सरकारको सशर्त अनुदान चालुतर्फ ३३ लाख ३३ हजार र पुँजीगततर्फ २ करोड २४ लाख रुपैया रहेको छ । प्रदेश सरकारबाट प्राप्त हुने समपुरक अनुदान १ करोड ३० लाख रुपैया रहेको छ भने संघिय सरकारबाट प्राप्त हुने समपुरक अनुदान ८० लाख रुपैया रहेको छ । त्यसैगरी धरौटी जफतबाट २ करोड १५ लाख २२ हजार ९९१ रूपैया प्राप्त हुने बजेट बक्तब्यमा उल्लेख छ ।

ूकृषि विकास र भौतिक पूर्वाधारको लहर, रतुवामाई नगरपालिकालाई समृद्द बनाउने हाम्रो रहरू भन्ने मूल नारासहित आयोजित १४ औं नगरासभाको अध्यक्षता नगरप्रमुख नागेश्वर प्रसाद सिंह गनगाईंले गर्नुभएको थियो ।

सम्बन्धित खवर