नगरद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत

नगरद्वारा दुई सञ्चारकर्मी र एक सञ्चारमाध्यम पुरस्कृत

पथरी, पथरी शनिश्चरे नगरपालिकामा पत्रकार सम्मान, सञ्चारमाध्यम पुरस्कार, क्रियाशील पत्रकार पुरस्कार तथा लेखनवृत्ति वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८०/०८१ को मिडिया प्रवद्र्धन कार्यक्रम अन्तर्गत नगरका एक अग्रज पत्रकार सम्मान, एक क्रियाशील पत्रकार पुरस्कार र एक सञ्चारमाध्यम पुरस्कार वितरण गरेको हो ।

लेखनवृत्ति, पुरस्कार तथा सम्मान छनौट समितिका संयोजक एवं प्रवक्ता नविन कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा अग्रज पत्रकार÷नगरको पूर्व सूचना सम्पादक वडा नं. १० निवासी भूपेन्द्र तिम्सिनालाई नगद रु. २५ हजार, मुहारचित्र सहित सम्मान गरिएको हो ।

यसैगरी वडा नं. ४ का सञ्चारकर्मी भूमिप्रसाद पाठकलाई नगद १५ हजार सहित क्रियाशील पत्रकार पुरस्कार र वडा नं. ४ कै सञ्चारमाध्यम पहिलो अनलाईनलाई नगद रु. २५ हजार सहित प्रशंसा पत्र वितरण गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहन प्रसाद तुम्वापो, नेपाल पत्रकार महासंघ मोरङका कार्यवाहक अध्यक्ष मोहन भट्टराईले नगरको सञ्चार क्षेत्रको विषयमा आ–आफ्ना भनाइ राख्नुभएको थियो । वडा नं. १ का अध्यक्ष भीम राई, आर्थिक प्रशासन प्रमुख पिताम्वर वस्ती, कार्यपालिका सदस्य मिना तामाङ र नगरका सञ्चारकर्मीहरुको उपस्थिति रहेको सो कार्यक्रममा नगरका १२ जना पत्रकारलहरुलाई लेखनवृत्ति वापतको जनही १० हजारका दरले रकम वितरण गरिएको थियो ।

सम्बन्धित खवर