सिद्धार्थ बैंकले दियो डस्विन

सिद्धार्थ बैंकले दियो डस्विन

पथरी, असार १८ पथरी शनिश्चरे वडा नं. १ लाई सिद्धार्थ बैंकले स्थानीय समुदायको सरसफाइ प्रवर्द्धन गर्ने उद्देश्यले ३० थान डस्विन हस्तान्तरण गरेको छ ।

हिजो वडा कार्यालयमा एक औपचारिक कार्यक्रमको बिच बैंकले वडा कार्यालयलाई डस्विन हस्तान्तरण गरेको हो । कार्यक्रममा बोल्दै वडाध्यक्ष भिमकुमार राईले महत्वपूर्ण सहयोगको लागि सिद्धार्थ बैंकलाई धन्यवाद ज्ञापन गर्दै भन्नुभयो–‘हाम्रो वडामा सरसफाइ र वातावरणीय स्वच्छताको आवश्यकता अत्यन्त महत्वपूर्ण छ । बढ्दो सहरीकरणका कारण फोहोर व्यवस्थापनका लागि समस्या बढ्दो छ । यस कार्यले हाम्रा नागरिकहरूलाई फोहोर व्यवस्थापनमा ध्यान दिन प्रोत्साहित गर्नेछ । सिद्धार्थ बैंकले प्रदान गरेको डस्बिनले हाम्रो वडालाई सफा राख्न महत्वपूर्ण भूमिका खेल्नेछ ।’

कार्यकममा बैंकका कोशी प्रदेश प्रमुख शुभाष श्रेष्ठलेले भने यो कार्यक्रम बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एक महत्वपूर्ण कदम हो । वडा सचिव मित्रकला चापागाईले सञ्चालन गर्नुभएको सो कार्यक्रमको अध्यक्षता वडाध्यक्ष भिमकुमार राई रहनुभएको थियो ।

यसैगरी सो कार्यक्रममा वडा सदस्यहरू बसुन्धरा गुरुङ, आरती विश्वकर्मा, सिद्धार्थ बैंक पथरी शाखाबाट टिकाबहादुर कार्की, हरि प्रसाद तिम्सिना, संदेश रिजाल लगायत स्थानीय वडावासीहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खवर