साेमबारेमा खुल्ला व्यायमशाला

साेमबारेमा खुल्ला व्यायमशाला

पथरी, मोरङको पथरी शनिश्चरे वडा नं. ८ ले वडावासीहरुको लागि खुल्ला व्यायमशाला निर्माण गरेको छ ।

वडाको वार्षिक कार्यक्रम अनुसार वडावासीहरुलाई दैनिक व्यायामको माध्यमबाट निरोगी बनाउनको लागि सो खुल्ला व्यायमशाला निर्माण गरिएको वडाध्यक्ष नविन कार्कीले जानकारी दिनुभयो ।

वडाको सोमबारे स्थित बुद्ध माविको कम्पाउण्डमा निर्माण भएको व्यायामशाला आजबाट सञ्चालनमा आएको छ । सो व्यायामशाला वडाको बजेट मार्फत् निर्माण गरिएको भएपछि इच्छुकहरुले सो व्यायामशालामा निःशुल्क ब्यायाम गर्न सक्ने वडाले जनाएको छ । व्यायामशाला विहान ४ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ८ बजेसम्म खुल्ला रहने कार्कीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर