सामुदायिक विद्यालयमा पञ्चायत मावि मोरङको उत्कृष्ट, रेडस्टारबाट पनि ४ जिपिए

सामुदायिक विद्यालयमा पञ्चायत मावि मोरङको उत्कृष्ट, रेडस्टारबाट पनि ४ जिपिए

पथरी, एसईई २०८० को नतिजा आज प्रकाशन भएको छ ।

प्रकाशित नतिजा अनुसार मोरङ जिल्लाको उत्कृष्ट विद्यालयका रुपमा पथरीशनिश्चरे १ मा रहेको पञ्चायत माध्यमिक विद्यालय रहेको छ । पञ्चायत माविबाट निकिता राईले सामुदायिक विद्यालय तर्फ मोरङमा सबैभन्दा बढि ३.९६ जिपिए ल्याएकी छिन् ।

यसैगरी सोही विद्यालयबाट सहभागी करुणा राईले ३.६५, शौरभ धिमालले ३.६५ र नम्रता खतिवडाले ३.६२ ल्याएकी छिन् । उत्कृष्ट हुने यी विद्यार्थीहरूलाई पञ्चायत माविका कुनैपनि संकायमा कक्षा ११ र १२ निःशुल्क अध्ययन गर्ने व्यवस्था गरिएको प्रधानाध्यापक अर्जुन कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

यता, पथरीशनिश्चरे २ मा रहेका रेडस्टार बोर्डिङ स्कुलबाट २ जना विद्यार्थीले सर्बोत्कृष्ट नजिता ल्याएको प्रिन्सिपल टिएन तिम्सिनाले जानकारी दिनुभयो । रेडस्टारबाट परीक्षामा सहभागी अजय लिम्बु र सतिस आचार्यले समान ४ जिपिए ल्याएका हुन् ।

सम्बन्धित खवर