पोखरिया नगरपालिकाको आठौ नगरसभा सम्पन्न,४७ करोड भन्दा बढीकाे बजेट प्रस्तुत

पोखरिया नगरपालिकाको आठौ नगरसभा सम्पन्न,४७ करोड भन्दा बढीकाे बजेट प्रस्तुत

वीरगंज, पर्साको पोखरिया नगरपालिकाको आर्थिक वर्ष ०८१/८२ को आठौँ नगरसभाले ४७ करोड १२ लाख ९३ हजार बराबरको अनुमानित बजेट प्रस्तुकरण गरेको छ । पोखरियामा रहेको शिवमंदिरको सभा हलमा आज भएको आठौँ नगरसभामा नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८१/८२ को लागी ४७ करोड १२ लाख,९३ हजारको बजेट वडाअध्यक्ष लक्ष्मण साह कानुले सार्वजनिक गर्नु भएको थियो।नगरसभाको उद्घाटन पोखरिया नगरपालिकाको नगरप्रमुख प्रधुमन चौहानले उद्वघाटन गर्नु भएको थियो ।

नगर प्रमुख चौहानको अध्यक्षतामा भएकोको आठौ नगरसभा तथा नीति तथा कार्यक्रममा भने पोखरिया नगरपालिकाको बिकासको लागि आफु लागिपरेको छु। पोखरियाको बिकास पाच वर्षिय योजनामा राखेर पुरा गर्ने प्रतिबद्धता गरेका छन। योजनामा रहेको निर्माण लगायतको काम आफूले सके अनुसार बाकी छोडेको छैन। उनले राजनितिकर्मी, जनप्रतिनिधि र कर्मचारीहरु वीच समन्वय गरि अगाडि बढेकोले अहिले हामीहरु धेरै नै बिकास निर्माण लगायतको काम अगाडि बढाएको बताए। यसपाली करिब २६ प्रतिशत बजेट आएको छैन।

जिल्लाकै दोस्रो सदरमुकामको रूपमा रहेको पोखरियाको समग्र विकासको लागि पार्टी प्रतिनिधिहरु लाई एकजुट भई अगाडि बढ्न उनले आग्रह गर्दै अाफु पनी सहकार्य र सहयोग लिएर अगाडी बढनमा जोड दिनु भएको छ। नगर सभा कार्यक्रम बाट स्वास्थ्य, शिक्षा, कृषि, पशु, पर्यटन, भौतिक पुर्वधार सिचाई, विकासमा, महिला बालबालिका उत्थान, खेलकुद, जेष्ठ नागरिक सम्मान लगायतको योजनाहरुको प्राथमिकतामा विशेष जोड दिनु भएको छ।

नगरसभा कार्यक्रममा प्रमुख प्रसाशकिय अधिकृत अजय श्रीबास्तवले भने नगरपालिकाको विकासमा सबै जनप्रतिनिधि र कर्मचारी हरुले मिलेर अगाडि बढन आग्रह समेत गरे। नगरसभा कार्यक्रममा वडाध्यक्ष प्रमोद गिरी, केदार प्रसाद,महेन्द्र महतो, लक्षमण साह कानु, शियानन्द चौहान, प्रमान्नद पटेल,नौसाद आलम, सोनालाल साह, किसोरी साह, नेपाल पत्रकार महासंघ पर्साको सभापति अनुप तिवारी, राजनितिकर्मी नेजामुदिन समानी, रामेश्वर रौनियार, राजु साह लगायतले नगरसभाको सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो।

कार्यक्रममा कार्यपालिका सदस्य, नगरपालिका सदस्य कर्मचारी लेखापाल मनदिप महतो, अधिकृत बिजय झा, स्वास्थ्य संयोजक कौसलेन्द्र झा, आईटी अफिसर अरबिन्द दुबेदी, संदिप साह, समाजिक शाखा प्रमुख वाल्मीकि साह, कर्मचारीहरु, पत्रकार, सुरक्षाकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रम सञ्चालन समाजिक विकास शाखा सहायक प्रमुख नरेन्द्र साहले संचालन गरेका थिए।

सम्बन्धित खवर