मंगलबार बिहानै चट्याङ पर्दा झापामा एकजनाको मृत्यू भएको छ । झापा कमल गाउँपालिका वडा नं २ समाईगढ वस्ने वर्ष ४६ को राजन खड्का आफ्नै घरबाट खेत तर्फ जाने क्रममा अचानक परेको चट्याङ लागि घाईते हुनु भएको थियो ।
त्यसपछि उपचारका लागि दमक स्थित आम्दा अस्पतालमा उपचार गराउन लगीएपनि अस्पताल पुग्ने बित्तीकै उहाँको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
उहाँलाई मंगलबार बिहान ७ बजेतिर चट्याङ लागेको थीयो । घाइते भएका खड्कालाई तत्काल अस्पताल पुर्याएपनि अस्पतालले मृत्यू घोषणा गरेको जनाइएको छ ।