योजना तथा कार्यक्रमको अनुगमन

योजना तथा कार्यक्रमको अनुगमन

पथरी, माेरङकाे पथरी शनिश्चरे नगरपालिकाको उप–प्रमुख एवं अनुगमन समितिको संयोजक देविमाया काफ्लेको अगुवाईमा नगरको विभिन्न योजना तथा कार्यक्रमको अनुगमन गरिएको छ ।

आज पथरी शनिश्चरे वडा नं. ९ को अमृत धिमालको घर उत्तर खोलामा कल्भर्ट निर्माण, वसन्ती धिमालको घर निर्माण, वडा नं. ७ को मंगलबारेदेखि सहिद मार्ग जोड्ने बाटोको दुवैतर्फको ड्रेन निर्माण, वडा नं. १ को सहिद रत्न बोटानिकल पार्क संरक्षण तथा घेराबारा निर्माणको अनुगमन गरिएको हो ।

अनुगमनमा नगरका योजना शाखा प्रमुख शिवकुमार राई, अनुगमन समितिका सदस्य वीरबहादुर राई, अञ्जना दर्जी, इन्जिनियर सन्तोष केसी र सव–इन्जिनियर रन्जित राजवंशीको सहभागिता रहेको थियो ।

सम्बन्धित खवर