कर्णाली नदिको झोलुङ्गे पुलको लठ्ठा चुँडिएपछि १४ खच्चर पुलमा फसे

कर्णाली नदिको झोलुङ्गे पुलको लठ्ठा चुँडिएपछि १४ खच्चर पुलमा फसे

पुलको लठ्ठा चुँडिएपछि १४ वटा खच्चर बारलजालीमा फसेका छन् ।

कर्णाली प्रदेशको दैलेख र सुदूरपश्चिमको अछाम जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलमा ती खच्चर फसेका हुन् ।

पुलको एकातर्फको लठ्ठा चुँडिदा बिहानैदेखि ती खच्चड तारमा फसेका हुन् । यो झोलुंगे पुलले सुदूरपश्चिम र कर्णाली प्रदेशलाई जोड्ने गर्दछ ।

पुलले अछामको पञ्चदेवल बिनायक नगरपालिका ९ र दैलेखको आठबीस नगरपालिका ४ लाई जोड्ने काम गर्दछ ।

जिल्ला प्रशासन कार्यालय दैलेखका निमित्त प्रमुख अधिकारी गणेशप्रसाद कोइरालाले घटनाबारे जानकारी आएलगत्तै उद्धारका लागि टोली खटाइएको जानकारी दिए ।

पुलको लठ्ठा चुँडिएपछि अहिले दुई जिल्लाबीच आउजाउ पनि बन्द भएको छ ।

सम्बन्धित खवर