बिराटनगरमा विद्यार्थी आन्दोलन, प्रदेश योजना आयोगको गाडीमा आगजनी

बिराटनगरमा विद्यार्थी आन्दोलन, प्रदेश योजना आयोगको गाडीमा आगजनी

बिराटनगर, यतिबेला बिराटनगरमा विद्यार्थीहरूको आन्दोलन चलिरहेको छ । सोही क्रममा महेन्द्र मोरङ क्याम्पस अगाडी आन्दोलन गरिरहेका विद्यार्थीशरूको समुहले प्रदेश योजना आयोगका उपाध्यक्ष डा. राजेन्द्र अधिकारी चडेको गाडीमा आगजनी गरेका हुन् ।

आज विहान साढे १० बजे कोशी प्रदेश योजना आयोगको को १ झ ६४४ नम्बरको स्कारपियो गाडीमा विद्यार्थीहरुले आगजनी गरेको मोरङ प्रहरीले जानकारी दिएको छ । मोरङकै रंगेली नगरपालिकामा विद्यार्थीले कार्यालयमा पसेर नगर प्रहरी र जनप्रतिनिधिलाई हातपात गरेको भन्दै केही विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । उनिहरूलाई विनाशर्त रिहा गर्नुपर्ने भन्दै विद्याथीहरू आन्दोलनमा छन् ।

प्रक्राउ पर्ने विद्यार्थीहरुमा रंगेली–६ का २३ वर्षीय दीपक यादव, २० वर्षीय राहुल यादव, रुकुम यादव, रंगेली–७ का १८ वर्षीय रमणकुमार राय, रंगेली–८ का १९ वर्षीय विषेक झा र रंगेली–२ का मिलन मिश्र रहेका छन् । पक्राउ परेको समूहले नगरपालिकाका कार्यवाहक प्रमुख एवं रंगेली–८ का वडाध्यक्ष ढकप्रसाद आचार्य र प्रमुख प्रशासकीय अधिकृत ओमकारप्रसाद न्यौपानेमाथि पनि दुर्व्यवहार गरेको प्रहरीको आरोप छ ।

गृहमन्त्री रवि लामिछाने पनि यतिबेला बिराटनगरमा छन् । गृहमन्त्री आएको मौका छोपेर विद्यार्थीले सरकारी गाडीमै आगजनी गरेका छन् ।

सम्बन्धित खवर