सुन्दर वातावरणमा हरियाली वनको पौडी पोखरी

सुन्दर वातावरणमा हरियाली वनको पौडी पोखरी

पथरी, अहिले गर्मीको मौषम छ । दिनहुजसो पौडी (स्वीमिङ) का लागि हामी नजिकैका पौडी पोखरीमा जाने गरेका छौँ । पथरी आसपासका लागि सुविधा सम्पन्न र रमाइलो वातावरणमा पौडी पोखरी भेट्नै मुस्किल छ तर हरियाली सामुदायिक वन क्षेत्र भित्र बाल बच्चा देखि युवाहरूका लागि छुट्टा छुट्टै पौडी पोखरी सञ्चालनमा आउने भएको छ ।

मोरङको पथरीशनिश्चरे २ मा पर्ने हरियाली सामुदायिक वन अन्तर्गत रहेको हरियाली वन पब्लिक लिमिटेडले सञ्चालन गरेको पौडी पोखरी जेठ २५ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने भएको छ । पौडीका लागि आवश्यक सबै संरचना तयार भएपछि २५ गते उद्घाटन गर्ने तयारीमा रहेको वनका अध्यक्ष काबुल बहादुर मगरले जानकारी दिनुभयो ।

यहाँ बयस्कका लागि पौडीका लागि आवश्यक कपडा (कस्ट्युम) सहित २ सय र १५ वर्ष मुनिका बालबालिकाका लागि १ सय रुपैँया शुल्क निर्धारण गरिएको छ । वनको उपभोक्ता र सेयर सदस्यलाई २५ प्रतिशत छुट रहेको छ । माषिक, अर्धवार्षिक तथा वार्षिक रुपमा पनि दस्यता लिने व्यवस्था छ । वनको क्षेत्रमा चिसो र सफा पानीमा मन लागेजति पौडिन सकिने मगरले बताउनुभयो ।

करिब ३ करोड ५५ लाख लागतमा पब्लिक लिमिटेडले बिवाह, पार्टि तथा अन्य कार्यक्रमका लागि सुविधासम्पन्न हल, चमेनागृह लगायतको व्यवस्थापन गरेको छ । पौडी पोखरीमा लकर, सावर, प्रशिक्षण, लाइफ गार्ड लगायतका सुविधा छन् । अध्यक्ष मगरले सुरक्षा, प्रशिक्षणलगायत हरेक दृष्टिकोणले पौडी पोखरी व्यवस्थित ढंगले सञ्चालन ल्याइने जानकारी दिनुभयो ।

सम्बन्धित खवर