एक दर्जन बढि विद्यालयलाई कक्षा घटुवाको पत्र

एक दर्जन बढि विद्यालयलाई कक्षा घटुवाको पत्र

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकामा रहेका १३ वटा सामुदायिक विद्यालयलाई कक्षा घटुवाको पत्र पठाइएको छ ।

नगरको शिक्षा शाखाले कम विद्यार्थी भएका १३ वटा विद्यालयलाई कक्षा घटुवाको पत्र पठाएको जानकारी दिएको छ । कक्षा घटुवाको पत्र पाउने विद्यालयहरूमा सरस्वती आधारभूत विद्यालय, विश्वनाथ संस्कृत पाठशाला, सामाजिक आधारभूत विद्यालय, जनकल्याण आधारभूत विद्यालय, सिद्धार्थ आधारभूत विद्यालय, जनता आधारभूत विद्यालय, दुर्गा आधारभूत विद्यालय, शिक्षा सदन आधारभूत विद्यालय, सहिद रामलक्ष्मण आधारभूत विद्यालय, मिलन आधारभूत विद्यालय, सिरिजंगा आधारभूत विद्यालय, सुनाखरी माध्यमिक विद्यालय र दुर्गा माध्यमिक विद्यालय रहेका छन् ।

हाल नगरपालिका भित्र २७ वटा विद्यालय, ३ वटा बाल विकास केन्द्र र एउटा संस्कृत पाठशाला गरेर ३१ वटा सामुदायिक शैक्षिक संस्थाहरू रहेका छन् । सो विद्यालयहरुमा गत शैक्षिक सत्रको तथ्याङ्क अनुसार ९ हजार ७ सय ३८ जना विद्यार्थीहरु अध्ययनरत रहेको शिक्षा अधिकृत नवीन खुलाल बुढाथोकीले जानकारी दिनुभयो ।

सम्बन्धित खवर