क्षयरोग अन्त्यका लागि अन्तरक्रिया

क्षयरोग अन्त्यका लागि अन्तरक्रिया

पथरी, ‘हो ! हामी क्षयरोग अन्त्य गर्छाैं’ भन्ने मूल नाराको साथ पथरी शनिश्चरे नगरपालिकामा क्षयरोग अन्त्यका लागि अन्तरक्रिया तथा स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठी सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा भएको सो कार्यक्रमको अध्यक्षता वडा नं. १० अध्यक्ष जीवन खतिवडा रहनुभएको थियो । सेभ द चिल्ड्रेनको सहयोगमा भएको सो अन्तरक्रिया तथा स्वास्थ्य सेवा सुदृढिकरण गोष्ठीको प्रस्तुतिकरण सन्तोष गुप्ता, गोविन्द माझी, ध्रुव उराउ र राम कोइरालाले गर्नुभएको थियो ।

सो कार्यक्रममा वडाध्यक्षहरु, कार्यपालिका सदस्य, नगरका शाखा प्रमुखहरु, नगरका स्वास्थ्यकर्मी, नगरका विभिन्न संघ संस्थाको प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थितिको तर्फबाट पथरी बहुमुखी क्याम्पसका प्रमुख शान्तिराम तिम्सिनाले आफ्ना कुरा राख्नुभएको थियो । कार्यक्रम सञ्चालन नगरका सिअहेव अधिकृत एकराज खत्री र जनस्वास्थ्य अधिकृत जगत मगरले व्यवस्थापन गर्नुभएको थियो ।

सम्बन्धित खवर